भक्तपुरका राम श्रेष्ठ (नाम परिवतन) को दैनिकी म’द्यपा’न गरेरै बित्छ । म’द्यपा’न गरी परिवारको अन्य सदस्यलाई शा’रीरि’क र मा’निस’क त’ना’व दिने भएकोले
उनलाई छिमेकीको सहयोगमा सुधारगृहमा राखिएको छ। उनको दुई सन्तान र एक श्रीमती छन् । चार दाजुभाईमध्ये उनका एक भाई नेपाल प्रहरीमा कार्यरत छन् । श्रेष्ठले म’द्यपा’न गर्ने भएकै कारण उनको परिवारका अन्य सदस्यलाई समेत छरछिमेकले हेयका दृष्टिले हेर्छन ।
उनका भाईहरूले पनि जग्गाको साँध सीमाना मिच्ने र मा’नसि’क परिवारका सदस्यलाई त’ना’व दिने गरेका छन् । यस्तो दु’र्व्य’वहा’र सहन नसकेर उनकी श्रीमती प्रहरी कार्यालयमा उजुरी दिन गइन् । तर, त्यहाँ साक्षी बस्ने कोही नभएपछि महानगरीय प्रहरी वृत्त, जगातीले केही कारबाही अघि नै नबढाएको उनले बताइन । अन्तत, उनको सो उजुरी त्यतिकै राखियो ।
दुवाकोटकी सीता थापा (नाम परिवर्तन) ले कृष्ण थापासँग वैवाहिक स’म्ब’न्धमा गाँ’सिन । उनीहरूको दुई छोरी पनि छन् । तर, पनि कृष्णले दोस्रो विवाह गरे । दोस्रो विवाहपश्चात् कृष्ण सीता र दुई छोरीको जिम्मेवारीबाट पछि हटे । यही कारण सीता श्रीमानसँग छुट्टिएर बसिन । सीतालाई उनका ससुराले करिब एक रोपनी जमिन नामसारी गरिदिए । तर, केही समय नबित्दै सीताको मृत्यु भयो ।
अहिले उनकी दुई छोरी मामाघरमा बस्दै अध्ययन गर्दै आएका छन् । तर, उनीहरूलाई बुबाले न त नागरिकता नै बनाईदिए न त आमाको नाममा भएको जमिन नामसारी नै । सोही जग्गा नामसारी गर्न पटकपटक उनीहरुको बाबुलाई आग्रह गरे पनि कुनै पहल नभएको उनीहरूको गुनासो छ । तर, कानुनी रुपमा मुद्दा हा’लेर जग्गा नामसारी गर्न खोज्दा केही आधार नभएको उनीहरूको दुखेसो छ ।