ललितपुरको मंगलबजारमा चार जनाको दुखद निधन, नीरज र सिर्जना हामफालेर बाँचे


शुक्र बार नेवार समू दाय को म्ह: पूजा। ललित पुर को मंग ल बजा रस्थि त लक्ष्मी कृष्ण ताम्रा कार को परि वार पनि म्ह: पूजा मना उन व्यस्त थि यो।

तिहार र म्ह: पूजा भएकाले उनको परिवार मिठा-मिठा परिकार बनाउन व्यस्त थियो। तर, पौने सात बजेतिर घरमा विस्फोटको आवाज सुनिन्छ। प्रहरीका अनुसार खाना पकाइरहेको समय ग्यास लिक भएर सिलिन्डर प’ड्किँ’दा लक्ष्मीकृष्णसहित चार जनाले ज्यान गुमाएका छन्।

लक्ष्मीकृष्णको चार तले कच्ची घरमा आ’गला’गी हुँदा ६८ वर्षीय लक्ष्मीकृष्ण, उनकी ३५ वर्षीया छोरी अन्जना, ३५ वर्षकी बुहारी रत्ना र १० वर्षका नाति निर्जलको मृत्यु भएको महानगरीय प्रहरी परिसर ललितपुरका असई समीर आचार्यले बताए

शक्रबार साँझ म्ह: पूजाको तयारी भइरहेका बेला मंगलबजारको साँघुरो गल्ली ललितपुर महानगर–१२ चक्रबहिलमा रहेको घरको तेस्रो तलमा ग्यास सिलिन्डर वि’स्फो’ट भएको हो। ग्यास सिलिन्डर कसरी वि’स्फो’ट भयो भन्ने बारे खुल्न सकेको छैन। हामीले अनुसन्धान गरिरहेका छौं’, नेपाल समयसँग कुरा गर्दै उनले भने।

घटनामा अन्य दुई जना घाइते भएका छन्। घाइते हुनेमा ४२ वर्षका नीरज ताम्राकार र ३२ वर्षकी सिर्जना ताम्राकार रहेका छन्। उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ। सिर्जनाको अवस्था ग’म्भीर छ

।सिलिन्डर वि’स्फो’ट हुँदा उनीहरू हा’म फालेर बाचेको प्रहरीले जनाएको छ। प्रहरीले दियोबाट आ’गला’गी भएको अनुमान गरेको छ। महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक प्रज्वल महर्जनले दोस्रो तलाको झ्यालमा दियो बालेर राखिएको र त्यही दियोले आ’गला’गी भएको हुनसक्ने अनुमान गरिएको बताएका छन्

।स्रो तलामा राखेको दियोको आगोले सबभन्दा पहिला झ्यालको पर्दा टिप्यो। परिवारका सबै जना माथिल्लो तल्लामा पूजामा व्यस्त रहेकाले तल्लो तल्लाबाट आगो सल्किन थालेको कसैले चाल पाएनन्। र, माथिल्लो तलासम्मै पुगेर आगोले सिलिन्डरमा टिप्यो। त्यसपछि प’ड्कियो’, उनले भने।

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post