झापा जिल्लाको मेचिनगर नगरपालिका ११ पारिजात टोलकी रबिना लिम्बू पेटको समस्याले बिरामी परिन । उनको उपचार गर्नका लागि भन्दै उनलाई बिराटनगरमा रहेको नोबेल अस्पताल लगिएको थियो ।
नोबेल अस्पताल लगे पछि उनको स्वास्थ स्थिति कमजोर भएको भन्दै अस्पतालका डाक्टरहरुले आइ.सि यु मा राख्नु पर्ने बताए । ३ दिन आइ.सि.यु मा राखे पछि पनि उनको स्थिती सुधार नभएको भन्दै रबिनालाई थप त्यही राख्नु पर्ने डाक्टरहरुले बताए पछि आफुले त्यो नसकेको रबिनाको मामाले बताए ।
आफुले डाक्टरलाई आइसियु मा आफुहरु राख्न आर्थिक अभावले नसक्ने भएकोले वार्डमा नै लगेर उपचार गर्न अनुरोध गर्दा त्यसरी गर्न नसकिने भएकोले यदि बाहिर लैजान चाहानुहुन्छ भने बिरामिलाई लिएर जान भन्दै डाक्टरहरुले बताए पछि आफुहरुले बिरामी रबिनालाई त्यहाँबाट निकाले अहिले मेचिनगर अस्पतालमा राखेको रबिनाका मामाको भनाई छ । रबिनालाइ त्यहाँ बाट निकालेता पनि उनका श्रीमानलाई भने उपचार खर्च तिर्न नसकेको भन्दै त्यही बन्धक बनाएको छ
रबिनाको उपचार खर्च बापत करिव ५९ हजार रुपैयाँ तिर्न बाकी रहेको र त्यो तिर्न नसक्दा आफुलाई अस्पतालले बन्धक बनाएर राखेको रबिनाका श्रीमानले बताएका छन । रबिनाका मामाले भने आफुले उपचार खर्चका लागि करिव ८० हजार रुपैया अस्पताल पुर्याएको बताए । तर पनि अझै ५९ हजार रुपैयाँ तिर्न बाकी रहेको भन्दै अस्पतालले बिरामी रबिनालाई लैजान दिएता पनि उनका श्रीमानलाई भने त्यही बन्धक बनाएर ४/५ दिन अघि देखि राखेको रबिनाका मामाले बताए ।
रबिनाका श्रीमान त्यसरी उतै रोकिए पछि अहिले रबिना पनि अस्पतालमा हुदाँ घरमा भने एक १० वर्षीय छोरी र वृद्ध अवस्थाका अपांग बाबुको बिजोक भएको छ । आर्थिक रुपले बिपन्न रहेको उक्त परिवारमा अहिले बिहान बेलुका खान पनि गार्हो परेको स्थानियहरु बताउँछन । बाबू पनि रिक्सा चलाउदै आएका तर केही समय अगाडि प्रेसरको बिरामिले गर्दा अपांग बनेपछी भने उनिहरुको परिवारको अवस्था झन नाजुक बनेको एक स्थानिय छिमेकिले बताएका छन ।
बन्धक बनाएर राखिएका रबिनाको श्रीमानलाई ३ दिन भित्रमा बाकी रहेकी पैसा भुक्तान नगरे प्रहरी प्रसाशनमा बुझाउने अस्पतालले आफुहरुलाई बताएको उनका आफन्तले बताएका छन । रबिनाका श्रीमानले भने आफुलाई नोबेल अस्पताल बाहिर रहेको एक फार्मेसीको कोठामा थुनेर राखिएको बताएका छन । श्रीमतिको उपचारका लागि केही सहयोग गरिदिन उनले सबैलाई आग्रह गरेका छन । यता रबिनाकी १० वर्षीय छोरिले भने आफ्नी आमालाई बचाइदिन र बाबालाई बन्धक मुक्त गराईदिनका लागि सबैले सहयोग गरिदिन अनुरोध गरेकी छिन ।
भिडियो हेर्नुस् :-