लक्ष्मीपूजा गर्दा बालेको दियोले अनामनगरको फर्निचर भीषण आ’गला’गी


अनामनगरस्थित एउटा फर्निचर शोरुम रहेको घरमा भीषण आ’गला’गी भएको छ। महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार बाजेको सेकुवा पछाडि रहेको फर्निचरको शोरुम भएको घरमा आ’गला’गी भएको हो।

कार्की भवनको ६ तले घरमा राति करिब ८ बजेबाट आ’गला’गी सुरू भएको परिसरले जनाएको छ। उक्त भवनको पहिलो र दोस्रो तलामा फर्निचर शोरुम रहेको र त्यहीँबाट आगलागी सुरू भएको परिसर प्रमुख एसएसपी अशोक सिंहले बताए।

शोरुमका सञ्चालक अशोक ढकाल हुन्। लक्ष्मीपूजा गर्दा दियो बालेर सञ्चालकले पसल बन्द गरेका थिए। आ’गो निभाउन दुई वटा दमकल, प्रहरी र स्थानीयले प्रयास गरिरहेको सिंहले जानकारी दिए।

राति ७:५० बजेबाट आ’गला’गी सुरू भएको जानकारी पाएपछि प्रहरी टोली र दमकल आ’गो निभाउन प्रयासरत् छ,’ सिंहले भने। आगलागी लगभग नियन्त्रणमा आएको जानकारी उनले दिए। आ’गला’गीबाट पचास लाख रुपैयाँको क्षति आँकलन गरिएको सिंहले बताए।

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post