कठै !दुबईमा १२ नेपाली भोकै म र्दै छन् ,यता श्रीमती पनि २ महिना को बच्चा बोकेर ऐर्पोरट मा भिडियो हेर्नुहोस

दिनहुँ हजारौंको संख्यामा वैदेशिक रोजगारी अहिले थुप्रै नेपालीहरु जाने गरेका छन । वैदेशिक रोजगारिमा गएका उनिहरु त्यतिकै मात्रमा ठगी हुने गरेको खबर पनि आइरहन्छन । यस्तै घटना अहिले कैलालीका चन्द्रबहादुर बोहोरा सहित अन्य १२ जना नेपालिको दुबैम भएको छ । उनिहरु नेपालबाट गएदेखी भोकै बसिरहेको बताएका छन ।

उनिहरु केही समय अघि भिजिट भिसामा दुबै पुगेका थिए । अहिले उनिहरुलाई एउटै कोठामा १२ जना कोचिएर राखेको बताएका छन । कैलाली गौरिगंगा १ कि भागवती बोहोरा अहिले दुई महिनाको सुत्केरी छिन । उनी अहिले आफ्ना श्रीमान चन्द्रबहादुर बोहोरा दुबैमा भोकै बसेको भन्दै उद्दारका लागि सहयोग गरिदिन भन्दै मिडियामा आएकी हुन ।

केही समय अघि दुबै पुगेका उनका श्रीमान सहित भाई, भिनाजु गरि जम्मा १२ जनाको अहिले एउटै अवस्था भएको बताईन । करिब ३ लाख रुपैयाँ खर्च गरि उनिहरु भिजिट भिसामा दुबै गएको उनले बताईन । दुबै पठाउँदा मेनपावरले गएको दुई वर्षसम्म आफुहरुको ग्यारेन्टी लिने बताएको उनले खुलाईन ।

बेकरिमा काम लगाइदिने भन्दै मासिक १२ सय रियल तलबमा सम्झौता गरि आफुहरु दुबै आएको उनिहरुले बताएका छन । तर दुबै आए पछि भने आफुहरुलाई भनेको काममा पनि नलगाएको र कहिले २/४ घण्टा अरुनै काममा लैजाने र एउटा रोटि र पानी दिएर एउटै कोठामा १२ जनालाई राखिएको दुबैबाट उनिहरुले जानकारी दिएका छन ।आफुहरु नेपाल फर्किन चाहेको पनि उनिहरुले बताएका छन । अहिले आफुले वैदेशिक रोजगार बिभागमा उजुरी गरेको भागवती बोहोराले बताएकी छिन ।

उनिहरुलाई पठाउने मेनपावरमा बुझ्दा पनि उनिहरुसगँ पैसा लिएका एजेन्ट त्यहा नभेटिने र त्यहाका कर्मचारीले पनि आफुहरु नचिन्ने भन्दै लुकाउन खोज्ने गरेको भागवतिले बताएकी छिन 

आफुहरुको माग उनिहरुलाई फिर्ता गराएर खर्च भएको पैसा फिर्ता दिनु पर्ने भएको उनले बताएकी छिन । यहाँबाट दुई वर्ष सम्म मेनपावर नै ग्यारेन्टि भएर काम लगाइदिने भन्ने तर उता पुगेपछी त्यसै अलपत्र छोडेको उनले बताएकी छिन ।

भिडियो हेर्नुहोस 



Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post