गुडिरहेको बसमा आगो लाग्दा ४६ जनाको मृत्यु





एक सडकमा गुडिरहेको बसमा आगो लागेर दुर्घटना हुँदा कम्तिमा ४६ जना यात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा अधिकांश पर्यटक रहेको त्यहाँका अधिकारीले बताएका छन् ।

राजधानीबाट ५४ किलोमिटर टाढा रहेको स्ट्रुमा हाइवेमा गुडिरहेका बेला राति २ बजे बसमा आगो लागेको र लगत्तै बस पल्टिएको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।

दुर्घटनामा परी ज्यान गुमाउनेमा बालबालिका समेत छन् । आन्तरिक मामिला मन्त्रालयको सुरक्षा विभागका प्रमुखले जलेर गम्भीर घाइते भएका ७ जनालाई अस्पताल लगिएको बताए ।दुर्घटनामा परेको बसमा ५३ यात्रु सवार थिए । उत्तरी 

म्यासेडोनियाका विदेशमन्त्री बुजार ओस्मानीका अनुसार टर्कीको इस्तानबुलमा विदा मनाएर राजधानी स्कोप्जेतर्फ फर्किने क्रममा पर्यटक बोकेको बस आगो लागेर पल्टिएको थियो ।

सोफियास्थित उत्तरी म्यासेडोनियाको दूतावासले दुर्घटनामा ज्यान गुमाउनेहरू आफ्ना नागरिक रहेको बताएको छ । यो बुल्गेरियाको खवर हो

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post