घरमा आगलागी हुँदा भाइ टिका लगाउन घरमा आएकी दिदि, बुबा, श्रीमती र छाेराको मृत्य


काठमाडौं : ललितपुरको मंगलबजारस्थित एक घरमा ग्यास सि’लि’ण्डर वि’ष्फाे’ट हुँदा चार जनाको मृत्यु भएको छ। आगलागीबाट दुई जना घाइते भएका छन्।स्थानीय लक्ष्मीकृष्ण ताम्राकारको चार तले कच्ची घरमा आगलागी हुँदा आगो लागेको घर लक्ष्मीकृष्ण ताम्राकारको हो। 

मृत्यु हुनेमा ६८ वर्षीय लक्ष्मीकृष्ण, उनकी छोरी अन्जना, बुहारी रत्ना र नाति रहेको मंगलबजार प्रहरी प्रभागले जनाएको छ। नातिको परिचय खुलेको छैन। छोरा निरज ताम्राकार र सिर्जना ताम्राकार घाइते छन्। सिर्जनाको अवस्था गम्भीर छ।

प्रहरीका अनुसार मृत्यु हुनेमा निरज ताम्राकारकाे बुबा, दिदी, श्रीमती र छाेरा हुन्। प्रहरीले वि’ष्फो’ट आवाज आएकाले ग्यासको सि’लि’ण्डर वि’ष्फो’ट भएको हुन सक्ने जनाएको छ। ललितपुर प्रहरी प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक किरण बज्राचार्यले बेलुकी पौने सात बजेतिर घरमा वि’ष्फो’टको आवाज आएलगत्तै आगलागी भएको बताइन्।

उनले घरमा कति जना थिए भन्ने एकिन नभएको बताइन्। ‘घर भित्रबाट चार जनाको शव निकालिएको छ, दुई जना हामफालेर घाइते भएका छन्’ बज्राचार्यले भनिन्, ‘नेवार समूदायको म्हः पूजा मनाउँने दिन भएकाले नातेदारहरू पनि आएको भन्ने सुनिएको छ तर एकिन भएको छैन।’ घटनास्थल पुगेका प्रहरीका अनुसार उक्त घरमा १० जना व्यक्ति थिए। तीमध्ये दुई जना घाइते छन्। उनीहरूलाई उपचारका लागि पाटन अस्पताल पठाइएको छ।

चार तले काठको कच्ची घर रहेको र साँघुरो गल्ली भएकाले दमकल छिर्न नसकेको उनले बताइन्। आगाे नियन्त्रणमा आइसकेकाे उनले जानकारी दिइन्। घाइतेकाे पाटन अस्पतालमा उपचार भइरहेकाे प्रहरीले जनाएकाे छ।

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post