५८० वर्षपछि लाग्दै छ सबैभन्दा लामो चन्द्र ग्रहण, कतिबेर सम्म रहन्छ ?


काठमाडौँ – आगा मी मंसिर ३ गते करिब ६ शता ब्दी यता कै सबै भन्दा लामो अवधि सम्म चन्द्र ग्रहण लाग्दै छ । नोभेम्बर १९ मा लाग्ने यो चन्द्र ग्रहण सन् २०२१ को अन्तिम चन्द्र ग्रहण हुनेछ पछिल्लो ५ सय ८० वर्षमा पहिलो पटक यति लामो अवधिको चन्द्र ग्रहण लाग्दै छ 

यो पटक को चन्द्र ग्रहण मा चन्द्रमा को ९७ प्रतिशत भाग ढाकिने छ । जो दिउँसो करिब साढे १ बजे उच्च बिन्दु मा पुग्ने छ । यो चन्द्र ग्रहण ३ घण्टा २८ मिनेट २४ सेकेन्ड लामो हुनेछ । ५ सय ८० वर्ष यता यति लामो अवधि को चन्द्र ग्रहण लागेको थिएन ।

यसअघि सन् १४४० को फेब्रुअरी १८ मा सबैभन्दा लामो चन्द्र ग्रहण लागे को थियो । अब यति लामो चन्द्र ग्रहण ८ फेब्रुअरी २६६९ मा मा मात्र लाग्ने छ । यो चन्द्र ग्रहण एसिया, अमेरिका, उत्तरी युरोप, अस्ट्रेलिया तथा प्रशान्त महासागरीय क्षेत्र लगायत बाट देखिने छ । चन्द्र ग्रहण दिउँसो १ बजेर ३ मिनेट देखि साँझ ४ बजेर ३२ मिनेट सम्म रहने छ । खगोल विद्को दाबी अनुसार पृथ्वी बाट चन्द्रमा को अधिक दूरी भएका कारण चन्द्र ग्रहणको अवधि लामो भए को हो ।

चन्द्र ग्रहण पूर्ण देखि ने भन्दा एक हल्का रेखाको रूपमा देखिन सक्छ । आंशिक चन्द्र ग्रहण भएका ले यस को सूतक काल पनि मान्य नहुने धार्मिक मान्यता छ । ज्योतिष शास्त्र मा चन्द्र ग्रहण लाई निकै महत्त्व पूर्ण मानिन्छ । खगोल विज्ञान अनुसार सूर्य र चन्द्रमा को बिच मा पृथ्वीमा पर्दा चन्द्र ग्रहण लाग्दछ

धर्मशास्त्रअनुसार राहु र केतुले चन्द्रमालाई समाउँदा चन्द्र ग्रहण लाग्ने विश्वास गरिन्छ । विज्ञान अनुसार सूर्य र चन्द्रमाको बिचमा पृथ्वी गएको बेला सूर्यको प्रकाश चन्द्रमामा पर्न पाउँदैन र पृथ्वीको छाँया पर्छ भन्ने मान्यता रहिआएको छ । त्यसैलाई चन्द्र ग्रहण भनिन्छ ।

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post