८ वर्ष अघि मलेसिया गएका खडकबहादुर श'व बनेर बा’क'समा नेपाल फर्किए पछी ....

जाजरकोट जिल्लाको जुनीचाँदे गाउँपालिकाका खडक बहादुर शाही, मलेसिया गएको आठ वर्षपछि श-व बनेर गत शनिबार नेपाल आइपुगे ।

सजीव भएर मलेसियामा आठ वर्षसम्म लगातार काम गरेका उनी नि-र्जी-व बनेर बाकसमा प्याक भई आफ्नो देश, घर र परिवार भएको ठाउँमा आइपुगे ।नि'र्जीव उनलाई लिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनकी श्रीमती र एक यु'वा९मृ''तकका दाईका छोरा० आएका थिए।

शाहीको श-व लिन आएका ती युवा भन्दै थिए, ‘बित्ने खड्क बहादुर शाही मेरो साइलो बुबा हो । उहाँ निराशमुद्रामा बसेकी महिलालाई देखाउँदै को श्रीमान् हो। घर जाजरकोट हो ।

बि'तेको १० दिन भयो, मृ'तक ४७ वर्षको हुनुहुन्थ्यो। उहाँको दुई छोरी र एक छोरा गरी ३ जना बच्चाहरु छन् । सानो छोरा १३ वर्षको छ। बहिनीहरु २०–२२ वर्षका छन्।

ती युवाका अनुसार मृ-त-क शाही मलेसियामा बसुन्जेल एक पटक पनि नेपाल आएका रहेनछन् । उनी भन्छन्, ‘मलेसियामा ८ वर्ष भयो काम गरेको,त्यतिन्जेलसम्म उहाँ एक पटक पनि नेपाल आइदिनु भएन । उहाँ सोझो मान्छे, कम्पनीले पनि माया गरेर राख्यो, पैसा पनि अलिअलि बढाउँदै गयो।

ती युवाका अनुसार मलेसियाको एक कम्पनीमा हेल्परको रुपमा काम गर्दै आएका मृ-त-क शाही पढ्दै नपढेका सोझा रहेछन् । जसले गर्दा मृ-त-क शाहीलाई कम्पनीले पनि मनपराएर काममा तलब बढाउँदै राखेको रहेछ।

उनी भन्छन्, ‘उहाँले आठ वर्षसम्म घरमा महिनैपिच्छे पैसा पठाइराख्नु भएको थियो। तर त्यो आठ वर्षसम्म एकपटक पनि नेपाल आउनु भएन।

यो पटक फि'निस गरेर यही चैतमा आउने भन्नु भएको रहेछ। सोचेजस्तो कहाँ हुँदो रहेछ ररु, अहिले बाकसमा आइपुग्नु भयो।

केही दिन अघि ह'र्ट'ह'ट्याक भएर बि'तेका शाहीले मलेसियामा कमाएर पठाएको पैसाले छोराछोरीहरुले भने राम्रो शिक्षादिक्षा लिइराखेका रहेछन्।ती युवा भन्छन्, ‘अहिले साइलो ममी९मृतककी श्रीमती जाजरकोमा हुनुहुन्छ। पुर्खेउली घर जाजरकोट भएपनि उहाँले छोराछोरीलाई सुर्खेतमा राखेर बार्डिङ स्कुल पढाउनु भएको थियो ।

बहिनी मृ-त-ककी जेठी छोरी०लाई स्टाफ नर्स पढाउनु भयो। भाइलाई बोर्डिङ स्कुल पढाइराख्नु भएको थियो। स्टाफ नर्स पढाउन नै १०–१२ लाख लागिहाल्छ ।अर्की छोरी आईकम दोस्रो वर्षमा अध्ययन गर्दैछिन्। छोरा सात कक्षामा पढ्छ ।‘अबका दिनमा भने बच्चाहरुको भविष्यलाई बुवाको मृ-त्यु-ले ध'क्का लाग्ने भयो’, गु'नासो गर्दै उनी भन्छन्, ‘बच्चाहरु सुर्खेतमा बसेर बढ्छन्।

कोठाभाडा ६ हजार थियो, रासन आदि गरेर १५/२० हजार महिनाको गइहाल्छ। त्यसमा स्कुलको फिस जोड्दा ४०÷५० हजार मासिक खर्च भइहाल्छ। यो सब आजसम्म उहाँ९मृ'तक'ले नै गरिराख्नु भएको थियो ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post