बाबुआमा त्यागेर गरिएको अन्तरजातीय प्रेमले यहाँसम्म ल्याइपुर्‍यायो लक्ष्मीलाई

करिव १२ वर्ष अघि तिमी बिना बाच्दिन भन्ने मान्छे, आफुलाई यति धेरै प्रेम गर्ने मान्छेको साथ पाउनु भाग्य नै होला भन्ने सम्झिएर समाजमा जडा गाडेर बसेको जातिय कुरितिको बिरोध गर्दै अन्तर्रजातीय बिबाह गरिन लक्ष्मी क्षेत्रीले जित बहादुर परियारसगँ । 

आफ्नो घर परिवार छोडेर बिबाह गरेकी लक्ष्मीले जीवनमा यस्तो समय पनि आउला भन्ने कहिल्यै सोचेकी थिइननत्यो पनि नाबालक छोराछोरीको साथमा । करिव ४ वर्ष देखि लक्ष्मीलाई छोडेर बिदेश तिरै अर्कैसगँ बसेका छन जित बहादुर परियार अहिले माया गर्ने मान्छे पाएको भन्ने सोचेर उनले आफ्नो जन्मदिने बाबू आमा पनि त्यागेर अन्तर्रजातिय बिबाह गरेको लक्ष्मी बताउँछिन । 

आफुभन्दा तल्लो जातको त्यो पनि पानी नचल्ने जातसगँ बिबाह गरेको भन्दै लक्ष्मीको परिवार पनि उनिसगँ टाढा भयो । माया गर्ने श्रीमानको साथ पाए जिन्दगी बिताउन

सकिन्छ भन्ने लागेकी उनी जातीय कुरा त्यति ठूलो नलागेको बताउँछिन । मान्छे मान्छे एउटै हो भन्ने सोचेर आफुलाई माया गर्ने र बुझ्ने सगैँ जिन्दगी बिताउन सपना देखेर आएको उनी बताउँछिन । ४ वर्ष अघि वैदेशिक रोजगारीमा गएका जित बहादुर अढाई वर्ष पछि घर आएको लक्ष्मीले बताईन तर एक रात मात्र बसेका उनी घरमा पनि बसेनन । यत्रो समय पछि आएर पनि घरमा एक रात नबसी श्रीमान फर्किदा आफू मरेतुल्य भएको उनी बताउँछिन । 

बिदेश गए पछि उतैबाट फोन गरेर अब तँ सगँ नबस्ने भन्दै आफ्नो बाटो रोज्नु भन्दै भने पछि लक्ष्मीकोजिन्दगीमा कहिल्यै नसोचेको पीडा आइ परेको छ । त्यतीमात्र नभै उनका श्रीमनले घरबाट निकाल्न मान्छे पनि लगाएको लक्ष्मी बताउँछिन । घरबाट निस्किएपछी अहिले बाग्लुङबाट उनी बुटवल आएर ज्याला मजदुरि गर्दै बसेको बताईन । उनका दुई छोराछोरी छन । 

बुटवलमा मजदुरी गर्दै बसेकी उनी काम गर्न नसकेको कयौ दिन छोराछोरीसगैँ भोकै सुत्नु परेको बताउँछिन । उनका श्रीमान भने बिदेशमै अर्कै केटि लिएर बसेको र उसैसगँ घरबार गर्ने भन्दै आफुलाई घर खाली गरेर जा भने

बारम्बार भन्ने गरेको लक्ष्मीले बताएकी छिन । साथै छोराछोरी पनि आफ्नो नभएको भन्दै लिएर जा भन्ने गरेको उनी बताउँछिन । पहिले बाबाले आफुलाई माया गर्दै मुटु भन्ने गरेको भएता पनि अहिले अरुसगै लागेर म तिमिहरुको बाउ होइन भन्ने गरेको सानी छोरी बताउँछिन । वर्षौ देखि जित बहादुर न श्रीमतिसग सम्पर्कमा छन न त छोराछोरीसगँ नै बोलेका छन । धेतै अघि छोराछोरी सगँ एक पटक बोलेता पनि आफ्नो छोराछोरी तिमिहरु होइन भन्दै अब देखि आफू नबोल्ने बताएको उनी बताउँछिन ।

 आफुलाई जे जस्तो गरे पनि यी छोराछोरीको त केही गल्ती नहएकोले छोराछोरी स्वीकार गरिदिन लक्ष्मीले आग्रह गरेकी छिन ।

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post