तपाँईहरू खानामा अ'जिनो’ मोटोको प्रयोग गर्नुहुन्छ ? ख्याल गरौँ ग'म्भीर स'मस्या'को कारण बन्न सक्छ सबैले हेर्नुहोस्

अजिनोमोटो प्राय चाइनिज खानामा प्रयोग गरिने एक किसिमको नुन जस्तै पदार्थ हो जुन आजकल सबै जसो खानामा प्रयोग गर्न थालिएको छ सामान्य खाजाघरदेखि ठूला रेस्टुरेन्टसम्म खानेकुराको स्वाद बढाउन भन्दै ‘अजिनोमोटो’ प्रयोग गरिन्छ सेतो मसला भनिने ‘

अजिनोमोटो’ वर्षमा ४ हजार मेट्रिक टन सम्म आयात हुन्छ चिकित्सकका अनुसार खानेकुरामा यसको प्रयोग स्वास्थ्यका दृष्टिले हानिकारक छ ।हेर्दा टलक्क टल्किएका यी दाना खानेकुरालाई थप स्वादिलो बनाउन प्रयोग गरिने मोनोसोडियम ग्लुटामेट अजिनोमोटो हो । खानामा मिसाएपछि पग्लिने ‘अजिनोमोटो’ यस्तो केमिकल हो जसले जिब्रोको स्वाद लिने भागलाई सक्रिय बनाउँछ खुद्रा पसलदेखि ठूला स्टोरसम्म सजिलै पाइने यो मोनोसोडियम ग्लुटामेट स्वास्थ्यको लागि भने अत्यन्त हानिकारक छ ।

अजिनोमोटोयुक्त खानेकुरा खाँदा : रगतमा ग्लुटामेटको स्तर बढ्छ, मुख्य अंगको कार्यक्षमता कमजोर बनाउँछ आँखाको रेटिनामा नोक्सान पुर्याउँछ, मस्तिष्कको न्यूरोन्समा असर गर्छ प्रजनन् क्षमता कमजोर बनाउँछ, गर्भवती र गर्भको बच्चाबीच खाद्य अपूर्तीमा अवरोध पैदा गर्छ शरीरमा सोडियमको मात्रासँगै ब्लड प्रेसर पनि बढ्छ 

क्यान्सरको जोखिम बढाउछ यस्तै, ‘अजिनोमोटो’ले अधिक भोजन रोक्न मस्तिष्कलाई संकेत गर्ने शरीरमा रहेको लेप्टिन हर्मोनलाई कमजोर बनाउँछ त्यसैले ‘अजिनोमोटो’ हालेको खाना जत्ति खाए पनि अघाएको जस्तो लाग्दैन ।

भारत, पाकिस्तान, युरोपका केहीसहित विश्वका करिब ५० देशमा स्वास्थ्यका लागि घातक ‘अजिनोमोटो’को प्रयोग बर्जित छ । तर, नेपालमा अत्यधिक आयात भैरहेको छ भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक बर्षमा ४ लाख ८४ हजार केजी अजिनोमोटो आयात भएको छ ।

नेपालजस्तो सानो मुलुकमा यति धेरै मनोसोडिएम आयात हुनुले केहि बर्षपछि क्यान्सर रोग भयाभह हुन सक्ने चिकित्सक औंल्याउँछन् । बाइट डा समिर शर्मा, क्यान्सर रोग विशेषज्ञ

एकातिर घरको भान्सादेखि होटेलसम्म प्रयोग गर्न ‘अजिनोमोटो’को माग बढिरहेको छ भने अर्कातिर उपभोक्ता घातक हुने÷नहुनेबारे ज्ञान नै नभएको बताउँछन् । कतिलाई त खानामा प्रयोग गरिन्छ भन्ने ज्ञानसमेत छैन ।

नेपालमा अजिनोमोटो अत्यधिक प्रयोग हुने खाजा मम र चाउमिन हो हामी पुग्दा एक मम सेन्टरमा अत्यधिक ‘अजिनिमोटो’ प्रयोग गरिँदै थियो पकाउदा मिसाइने मात्र होइन प्याकेट बन्द चाउचाउ, चिप्स, फास्टफुडमा पनि अजिनोमोटोको प्रयोग गरिन्छ मन्द बिषको काम गर्ने ‘अजिनोमोटो’को प्रयोगमा सचेत हुन आवश्यक छ

यसैगरी मसलाको रुपमा अत्याधिक प्रयोग हुने अदुवा , वैज्ञानिक वर्गीकरणअनुसार जिन्जीविरेसी परिवारमा पर्ने प्रमखु बिरुवा हो यसको प्रयोग साधारणत तरकारी, मसला र औषधिको रूपमा आउँछ। यसको गानो रेशादार हुन्छ। जति कम रेशा भयो अदुवा त्यति नै राम्रो मानिन्छ। नेपालमा सल्यानको अदुवा त्यस अर्थमा उत्कृष्ट मानिन्छ।

अदुवाले सबै खाले बिरामीपनलाई कम गर्छ : अदुवाले गाडीमा यात्रा गर्दा हुने वान्ता, गर्भवती महिलालाई हुने वान्ता आदिलाई कम गर्न मद्दत गर्छ धेरै होइन, एकपटकमा १ देखि २ ग्राम अदुवा खादाँ वेश हुन्छ।

मांसपेशी दुखाईको पौराणिक चिकित्सा : दिनानुदिन हुने मांसपेशी दुखाईबाट छुटकारा पाउन अदुवाले ठूलो भूमिका खेल्छ यसलाई छालामा सिधा प्रयोग गर्न सकिन्छ, तर दुखाई कम गर्न अदुवाको तेल नुहाउने पानीमा राख्नुभयो भने राम्रो काम गर्छयसको तत्काल असर देखिँदैन, तर लगातार दुई हप्ता यही उपाय अपनाउनुभयो यसको प्रभाव थाहा पाइन्छ।

मस्तिष्कलाई ताजा राख्छ : अदुवाले स्मरणशक्तिमा सुधार, मस्तिष्कको कार्यमा सकारात्मक प्रभाव पार्छ।बन्द नाक र छातीका लागि : रुघा–खोकी, नाक बन्द हुने समस्या भएमा एक कप अदुवा–चिया पिउँनुहोस्, छुट्कारा हुन्छ ।अपच र मुटु पोल्ने समस्याका लागि : पेट र छाती पोल्ने समस्याको जड मुख्य गरी अपचलाई मानिन्छ । अदुवाले ५० प्रतिशत अपच समस्यालाई तुरुन्तै हटाइदिन्छ र तपाईको पेटलाई चाँडै खाली पार्ने काम गर्छ ।

जोर्नीका लागि : गठिया रोगीका लागि दुखाई कम गर्न अदुवा लाभदायक हुन्छ।संक्रमणबाट बचाउँछ : श्वास–प्रश्वाससम्बन्धी संक्रमणबाट अदुवाले बचाउँछ साथै स्वास गनाउने ब्याक्टेरियाको संक्रमणबाट बचाउन लागि प्रभावकारी भूमिका खेल्छ ।

कामवासनाका लागि : यसले रक्त सञ्चारलाई सहज गराउँछ छालालाई सफा गर्छ, कलेजोलाई सक्रिय राख्छ र शरीरलाई स्वस्थ्य र शुद्ध राख्न मद्दत गर्छ अदुवाले तपाईको कामवासनामा पनि सकारात्मक भूमिका खेल्छ ।

चिनीरोग र मुटुरोगबाट बचाउँछ : दिनमा २ ग्राम अदुवा खानाले मात्रै पनि रगतमा चिनीको मात्रा घटाउन महत्वपूर्ण भूमिका खेल्छ अदुवाले ओक्सिकरण लिपोप्रोटिन र अपो–बि र अपो–एको अनुपातको स्तरलाई कम गर्छ, यी दुवै हृदय रोगको संकेत हुन् ।

सु'न्निनु र पेटमा हावा भरिनु : अदुवाले प्राकृतिक तरिकाले खानापछि पेटमा उत्पन्न हुने ग्यासलाई कम गर्छ, एक कप अदुवा चियाले मांसपेशीलाई आराम प्रदान गर्छ र् पाचन प्रणालीमा फेसका ग्यासलाई विस्तारै र सुरक्षित तरिकाले बाहिर निकाल्न मद्दत गर्छ।

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post