सुदूरपश्चिममा मुख्यमन्त्री परिवर्तनबारे धनगढी पुगेर माधव नेपालले गरे यस्तो घोषणा !

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकु मार नेपालले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तत्काल परिवर्तन नहुने संकेत गरेका छन्। बिहीबार बिहान धनगढी विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले गठबन्धनले दुई प्रदेशको मुख्यमन्त्री लिने सल्लाह भएको बताएका छन्। ‘

सबैभन्दा ठूलो दल भएपछि त्यहाँको नेतृत्व त्यही पार्टीले गर्नेछ। सबै कुरा मेरै मुखबाट भन्न लगाउनुहुन्छ ? अन्तिमतिर केही हुन्छ कि सल्लाह हुन्छ’ उनले भने।

(एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार महेन्द्रनगर पुगेका छन । कञ्चनपुरमा समाजवादीको पार्टी कार्यालय उद्घाटनका लागि अध्यक्ष नेपाल महेन्द्रनगर पुगेका हुन ।यस अघि गेटा बिमानस्थलमा पत्रकार सँग कुराकानी गर्दै अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीको कारण अहिलेको अबस्था आएको बताए । नेकपा एमाले ओलीको निजी कम्पनी भएकाले त्यँहा अरु टिक्न नसक्ने नेपालको भनाई छ ।’

सत्ताबाट त ओलीलाई हटाउन हामी सफल भयौँ तर पार्टीमा उनले कब्जा जमाए,’ नेपालले भने,’ त्यसैले ओलीलाई सुधार्न नसकेर हामीले आँफैले बनाएको पार्टी छोडेर बिद्रोह गरेका हौं ।’ उनले गठबन्धन चुनाव सम्म नै रह्ने बताए । तर उनले पार्टी एकता भने अहिले कसै सँग नहुने धारणा राखे ।

हिजोको सूर्यमा ग्रहण लागी सकेकाले अब जनताले कलम चिन्ह रोज्नु पर्ने अवस्था आयो,’ नेपालले भने,’ हिजोको सूर्यमा ग्रहण लागी सकेकोले अव न्याय र सत्यको आवाज बुलन्द गर्नको लागी कलम चिन्हमा नै जनताले रोज्नु पर्ने अवस्था बनी सकेको छ । एक फरक प्रसँगमा अध्यक्ष नेपालले प्रधानन्यायाधीशलाई महाभियोग लगाउने बिषयमा गठबन्धनमा कुनै छलफल नभएको बताए ।

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post