नुवाकोट त्रीसुली घर भएकी पार्वती तामाङ अहिले २६ वर्षकि छिन् ।उनको काखमा २ महिनाको कलिलो शिशु छ सुत्केरी भएको यस्तो अवस्थामा श्रीमतीको ख्याल गरेर बस्न छोडेर उनका श्रीमान राजु तामाङ भने फ रार भएका छन् ।राजु अहिले घर छोडेर हिडेको २० दिन भएको छ ।
राजु घरको ढलाइ र ठेक्कापट्टाको काम गर्थे ।उनी त्यस दिन पनि घरकै काम गर्न भनी हिडेका थिए तर त्यसपछि उनी फर्केर आएका छैनन् ।राजु पहिलेपनी २ वर्ष यसै गरि हराएका थिए र कहाँ गएका थिए, के गरेका थिए उनले केही पनि नभनेको कुरा पार्वतीले बताइन् ।
राजुले धेरैको पैसा चलाएको हुंदा अहिले फ रार भएको हुन सक्ने उनले बताइन् ।अथवा अर्की केटी लिएर हिडेको पनि हुन सक्ने शंका उनले व्यक्त गरिन् ।पहिले ह राउँदा पनि झ गडा नगरि ह राएको र आफुहरुको बीचमा तेस्तो मनमुटाव कहिलै नभएको उनले बताइन् ।
पार्वतीको अनुसार यसरी श्रीमान पटकपटक हराइदिदा आफुलाई छोराछोरी हुर्काउन निकै गाह्रो भइरहेको बताइन्उनले सबैलाइ आफ्नो श्रीमानको खोजी गरि भेट्टाउन अपिल गरेकी छिन् ।
भिडियो हेर्नुस् :-