भिडियो तलको समाचारको अन्त्यमा राखिएको छ यो पनि पढ्नुहोलाचितवनमा ‘बादल’को गर्जन- ‘प्रचण्डसँग भिड्न तयार छु’चितवन । नेकपा (माओवादी केन्द्र) छाडेर नेकपा एमालेमा प्रवेश गरेका नेता रामबहादुर थापा (बादल)ले आगामी निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भिड्न तयार रहेको बताएका छन् ।
शुक्रबार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा आगामी निर्वाचनमा अध्यक्ष प्रचण्डसँग भिड्न तयार रहेको बताए ।उनले भने, ‘यो विषयमा पार्टीले निर्णय गरेको छैन । आगामी दिनमा पार्टीले निर्णय गरेमा प्रचण्ड भर्सेस बादल हुन पनि सक्छ । र, प्रचण्डसँग चितवनमा निर्वाचन लड्न तयार पनि छु ।’
चितवनवासी नै रहेका बादलले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) परिमार्जन गरेर मात्र स्वीकार गर्नुपर्ने पार्टीको धारणा रहेको पनि बताए ।त्यस्तैगरी (बादल)ले ‘प्रचण्ड’ पार्टीको सिद्धान्तबाट बिमुख भएको आरोप लगाएका थिए । ‘प्रचण्ड’ले नयाँ गुट बनाएर दक्षिणपन्थी र लोकतन्त्रविरोधी पक्षमा लागेकोसमेत उनले आरोप लगाएका छन् ।
नारायणहिटीमा राखिएकाे श्रीपेच चोर्ने प्रयास, एक व्यक्ति पक्राउ काठमाडौं । नारायणहिटी दरबार संग्राहलयमा प्रदर्शनमा राखिएको पूर्वराजाको श्रीपेच चोर्ने खाेज्ने एक युवक पक्राउ परेका छन् । शुक्रबार दरबार संग्राहलयमा अवलकोनमा गएका खिमबहादुर घर्तीले श्रीपेच रहेकै कोठाबाट खुकुरी निकालेर सिसा फुृटाउन प्रयास गरेपछि सुरक्षामा खटिएका सेनाले उनलाई नियन्त्रणमा लिएको दरबार संग्राहलाय व्यवस्थापन समिति स्राेतले जानकारी दिएकाे छ ।
श्रीमान ३ महिनाको छोरो छोडेर हिँडेको ७ बर्षसम्म पनि भेटिएनन्, रुँदै गरिन् यस्तो पुकार (भिडियो सहित)
