बिष्णु माझीको चरी जेलैमा पछि फेरी रेकर्ड तोड्ने गीत दशैँ तिहार आइसक्यो झल्को लाइसक्यो युटुबमा १ घण्टामै भा'इरल

काठमान्डौ-तीजको समयमा लगातार बजार तताएकी गायिका बिष्णु माझीले फेरी अर्को रेकर्ड तोड्ने गीत गाएकि छिन। एक महिनामै झन्डै २ करोड दर्शकले हेरेको चरी जेलैमा दोहोरी इतिहास मात्रै हैन सिंगो संगीत इतिहासमै सबै भन्दा धेरै हेरिएको गीत भएको थियो 

भने नेपालीहरुको महान पर्व बिजय दशमी तथा शुभ दिपवलिको अवसरमा बजारमा आएको दशैँ तिहार गीत ‘दशैँ तिहार आइसक्यो झल्को लाइसक्यो’बजारमा आएको छ।

बिष्णु माझीकै श्रीमान सुन्दरमणि अधिकारीको लय र शब्द रहेको गीतमा बिष्णु माझीको एकल आवाज रहेको छ।गीतमा बिष्णु माझीले आफ्नो परदेशी श्रीमानलाइ आफ्नै गाउँ फर्कन अनुरोध गरेकी छिन भने परदेशमा रहेकी श्रीमानको झल्को लाग्यो भन्दै त्यो झल्को मेटाउन भए पनि आफ्नै देश फर्कन अनुरोध समेत गरिएको छ।

प्रिया बिष्ट र बिष्णु माझीको श्रीमान सुन्दरमणि अधिकारीको अभिनय रहेको भिडियोको निर्देशन भने शिब बिकले गरेका हुन्।शम्भु चालिसेको छायांकन र सुजन शाहीको सम्पादन रहेको भिडियो अहिले निकै चर्चामा छ।एक घण्टा बित्न नपाउदै उक्त गीतले आफ्नो रफ्तार लिएको छ।बिनोद बाजुरालीको एरेन्ज रहेको गीत माला श्री स्टुडियो मा रेकर्ड भएको हो।

सपना म्युजिकको प्रस्तुति रहेको गीत बिष्णु माझीकै एल्बम हो।उनि नेपाल सरकारबाट संबिधान दिवसको दिन विभूषित भएकी थिईन।बिष्णु माझीलाई हेर्न चाहने करोडौ दर्शक छन।दोहोरी इतिहासमा मात्रै हैन सिंगो संगीत इतिहासमै सबै भन्दा महँगो रकम लिएर गीत गाउने गायिका बिष्णु माझीलाई सबैको माया देखिन्छ। हेरौ बिष्णु माझीको नया गीत जस्ताको तस्तै :

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post