विष्णु माझी आज सार्वजनिक हुँदै,राष्ट्रपतिले यसरी सम्मान गर्दैछिन् (भिडियो हेर्नुस्)

लोक गायिका विष्णु माझीको गीत हामी सबैले सुनेका छौँ ।विभिन्न सुपर हिट लोक गीतमा आफ्नो आवाज दिदेकी विष्णु माझी वर्षौंदेखी हामी सबै नेपालीको मनमा बस्न सफल भएकी छिन् ।उनको कर्णपृय आवाजको सबै नेपाली प्रशंसा गरेका छन् ।

गायिका विष्णुले सयौं लोक गीतमा आफ्नो स्वर दिएर गीतलाई अ मर बनाएकी छिन् ।उनले सालको पत टपरी हुने,चरी जेलैमा,सिलाइ दिउला भोटो,आकाश जुनकै हो लगायतका गीत नेपालीको मनमा बस्न सफल भएका छन् ।गत समयमा चरी जेलैमा नामक गीत आएपछि धेरैले यो गीत उनकै जीवनमा मेल खाने र उनकै जीवनको गीत समेत बताएका छन् ।

विष्णु माझी अहिलेसम्म गुमनाम जीवन बाचिरहेकी छिन् ।उनले गीत गाउदा स्टुडियो गएर गीत गाउने र गुमनाम भएर बस्ने गरेकी छिन् ।अहिलेसम्म उनले कुनै मेलामा विदेश वा देश भित्रै कतै गएकी छैनन् ।यसपालिको तीजमा उनको चरी जेलैमा नामको गीतले उनलाई सार्वजनिक गर्नु पर्छ भन्ने धेरै जनताले आशा गरेका छन् ।

तर आज संविधान दिवसको दिन राष्ट्रपती विद्यादेवी भण्डारीले विष्णु माझीलाई “प्रवल जनसेवाश्री” पदकले सम्मान गरिने भएको छ ।आज सम्मान गर्दा उनी सार्वजनिक हुन्छिन् कि हुन्नन् भन्ने चासो को विषय रहेको छ ।सार्वजनिक हुँदापनि उनलाई सबैले देख्न पाउछन् कि पाउदैनन् भन्ने कुरा हेर्न बाकी छ ।

भिडियो हेर्नुस् :-

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post