रुपन्देहीमा आठ महिने बालकको ह'त्या, ह'त्या आराेपमा बाबुआमा पक्राउ


रुपन्देहीमा आठ महिने बालकको हत्या भएको छ । शिशुहत्या आरोपमा उनकै बाबु–आमा पक्राउ परेका छन् ।

दुधे बालक सुरज मल्लाह गैडहवा गाउँपालिका-६ सूर्यपुरास्थित आफ्नै घरमा घाँटी रेटिएको अवस्थामा मृत भेटिएका हुन । शुक्रबार सँगै सुतेकी आमा रेनुले राति हत्या गरेको हुनसक्ने स्थानीयको अनुमान छ ।

घटनाका बखत घरमा शिशुका आमा र बुबाबाहेक अन्य कोही पनि नरहेकाले उनीहरूकै संलग्नतामा शिशुको हत्या भएको हुन सक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ ।

शिशुको हत्या गरेको आशङ्कामा उनका २२ वर्षीय बाबु श्रीराम मल्लाह र २० वर्षीय आमा रेनु मल्लाहलाई पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

Post a Comment

Previous Post Next Post