सुत्केरीको मृत्युपछि धनगढीको नवजीवन अस्पतालमा तनाव हेर्नुहोस्


धनगढी। धनगढीस्थित नवजीवन अस्पतालमा सुत्केरी महिलाको मृत्यु भएको छ । सुत्केरीको मृत्यु भएपछि धनगढीको नवजीवन अस्पतालमा तनाव भएको छ ।

धनगढी उपमहानगरपालिका वडा नम्बर २ की २६ वर्षिय कल्पना सिंह मल्लको शनिवार राती मृत्यु भएको हो । मृतक महिलाका आफन्तले डाक्टरको लापरबाहीका कारण मृत्यु भएको आरोप लगाएका छन्उ

पमहानगरपालिका-२ बस्दै आएकी २६ वर्षीया कल्पना मल्लको मृत्युपछि आक्रोशित आफन्तले अस्पताल घेराउ गरेका हुन् । सामान्य अवस्था कि गर्बवती लाई डक्टर जयराम केसिकै कमजोरी का कारण शनिबार राती मृत्यु भएको भन्दै आफन्तले कारबाहीको माग गरेका छन ।

उनका श्रीमान सुरेस मल्ल ले डाक्टर लाई कारबाहीको माग गरेका श्रीमान सुरेश मल्लले डाक्टर जयराम केसीले नर्मल डेलिभरी हुन्छ भनेका थिए तर हामीलाई जानकारी नगराई भ्याकुम प्रयोग गरी बच्चा निकालेका रहेका छन

उनले अप्रेसन पश्चचात महिलामा उच्च रक्तश्राव भएको बताए । रक्तश्राव पश्चात महिलाको मृत्यु भएको थियो । पीडितका आफन्तले दोषीलाई कारबाहीको माग गर्दै अस्पताल घेरेका छन ।

मल्ल शनिबार बिहान ११ बजे अस्पताल भर्ना भएकी थिइन् । सुत्केरी भइसकेपछि अवस्था जटिल बन्दा उनलाई चिकित्सकले आईसीयूमा भर्ना गरेका थिए । उपचारकै क्रममा कल्पनाको मृत्यु भए पनि शिशु भने सकुशल रहेको प्रहरीले जनाएको छ ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post