के हुदैंछ नेपालमा? १२ बर्षकी छोरीलाई आफ्नै आमाले के गरिन् यस्तो (हेर्नुहोस भिडियो)

भिडियो समाचार को अन्त्यमा छ यो पनि पढ्नुहोस रिजर्भ बस्न रुचाउने अभिनेता हुन्, अनमोल केसी। उनी काम विशेष बाहेक न मिडिया न त फ्यानसँग नै प्रत्यक्ष रुपमा भेटिन्छन्।


 फिल्म ‘ए मेरो हजुर ३’ पछि उनी अभिनीत नयाँ फिल्म दर्शकले हेर्न पाएका छैनन् । यद्यपि, उनको पाइपलाइनमा फिल्मको कमी भने छैन। ‘ए मेरो हजुर ४’ आउँदो चैतमा रिलिज हुँदैछ भने ‘एक्स नाइन, पारस र एन्टी हिरो’ मा उनी काम गर्ने तयारीमा छन्।

महामारीको समयमा घरभित्रै गु’प्तबास बसेका अनमोल लामो समयपछि शनिवार पिता भुवन केसीको जन्मदिन सेलिब्रेसन कार्यक्रममा भेटिए। राजधानीको एक पाँचतारे होटलमा भुवन केसी अभिनीत म्यूजिक भिडियोको छायांकनको क्रममा आयोजना गरिएको बर्थ-डे सेलिब्रेसनमा अनमोलले आफूले पिताको ‘लिगेसी’ (विरासत) लाई अगाडि बढाउन पाएकोमा खुसी व्यक्त गरे।

उनले पितालाई आफ्नो जीवन नै दिएको बताउँदै भने- ‘उहाँ (भुवन केसी) सँग अझ धेरै जन्मदिन मनाउन पाउँ भन्ने महशुस हुन्छ। उहाँलाई धेरै ठाउँमा घुमाउन मन छ। अझ राम्रो दिन आउनै बाँकी छ।’ अनमोलले बिहेको प्रश्नमा पिता अझै जवान भएकाले आफ्नो पालो आउनै बाँकी रहेको बताएका छन्। भुवन केसीले पनि छोराको बिहेका लागि अझै केही समय बाँकी रहेको बताए।

उनी केही समयदेखि फिल्म ‘एक्स नाइन’ का लागि एक्सन र जिमको तालिम लिइरहेका छन्। यो फिल्ममा उनी २० केजी मोटाएर ९५ केजी हुनु पर्नेछ। फिल्ममा एक्सन सिन र बडिविल्डर भिलेनहरु धेरै भएकाले आफूले तौल बढाउनु परेको उनी बताउँछन्। महामारीपछि फिल्म इन्डस्ट्रीलाई उठाउनका लागि आफूले मल्टीस्टारर फिल्ममा काम गर्न लागेको पनि उनले स्पष्ट पारे।

मल्टीस्टारर फिल्म गर्न लाग्नुको कारणबारे उनले मिडियासँग भने- ‘मैले कहिल्यै सोलो एक्टर नै प्रस्तुत हुनुपर्छ भनेर सोचेको छैन। मैले पहिला ‘गाजलु’ पनि मल्टीस्टारर गरेको थिएँ भने अहिले कोभिडपछिको इन्डस्ट्रीलाई उठाउन सबै कलाकार मिलेर केही नयाँ चीज आउन सक्छ कि भनेर ‘एक्स नाइन’ साइन गरेको हुँ। मभन्दा सिनियर कलाकारबाट धेरै कुरा सिक्न पाउँछु भन्ने विश्वास छ।’

अनमोलले आफूलाई ‘कम्फर्ट जोन’ भन्दा बाहिर निस्किएर फिल्ममा चुनौतीपूर्ण भूमिका निर्वाह गर्न मन लाग्ने पनि बताए। महामारीका कारण ठप्प रहेको फिल्म क्षेत्रलाई चलायमान बनाउन फिल्मकर्मीदेखि दर्शकसम्म सम्पूर्णको साथ र सहयोग चाहिने बताउँदै उनले अब ग’म्भीर भएर फिल्म बनाउनु पर्ने र राम्रो फिल्म आएको खण्डमा दर्शक हलसम्म आउने विश्वास व्यक्त गरे।

के हुदैंछ नेपालमा? १२ बर्षकी छोरीलाई आफ्नै आमाले के गरिन् यस्तो 

 (हेर्नुहोस भिडियो)

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post