यिनै हुन् त्रिसुलिमा कार खस्दा बेपत्ता भएका प्रेम भुजेल, टु’क्रा टु’क्रा कार…

पाेखरा । पृथ्वी राजमार्गको मुग्लिननजिक दु’र्घटनामा बे'पत्ता भएका पाेखराका ३ जनाकाे खाेजी कार्य जा'री भएपनि उनीहरु मध्ये काेही पनि फे'ला परेका छैनन् ।

बिहीबार राति पाैने १२ बजे चितवनकाे इच्छाकामना गाउँपालिका–५ नाग्दी खोलाबाट ग२च ४९१८ नम्बरको कार त्रिशूलीमा ख'सेको हो ।

साे कार च्याम्बर अफ कमर्श कास्कीका बरिष्ठ उपाध्यक्षा एवं सामाजिक व्यक्तित्व प्रेम भुजेलले चलाएका थिए भने कारमा थप ३ जना सवार थिए । ती मध्ये अघिल्लाे सिटमा बसेका पाेखरा १७ का रुद्रलाल सुवेदी कारबाट बाहिर उछिट्टिएका कारण सामान्य घाइते छन् भने प्रेमसहित पाेखरा १७ कै लेखबहादुर भुजेल र इश्वरी भुजेल वेपत्ता छन् ।

दु’र्घटना भएलगत्तै शसस्त्र प्रहरी बल र नेपाल प्रहरीका उद्दारकर्मी रातीबाटै उद्दारमा खटिएका थिए । उद्दारमा खटिएका प्रहरी निरीक्षकले दिएकाे जानकारी घटनास्थलदेखि त्रिशुली नदी किनारसम्म गाडीका टुक्रा टुक्रा फेला परेका छन् भने गाडीकाे मुख्य बाेडी त्रिशुली नदीमा डु’बेका छ ।

वर्षायामकाकारण नदी बढेकाले पनि खाेजी कार्यमा कठिनाई आएकाे छ । च्याम्बर अफ कमर्श गण्डकीका अध्यक्ष किसान सुनारले प्रहरीलाई उध्दृत गर्दै दिएकाे जानकारी अनुसार पृथ्विराज मार्गकाे सबै भन्दा कठिन स्थलमा दु’र्घटना भएकाले उद्दारमा कठिनाई भैरहेकाे छ ।पानी धमिलाे भएकाेकारणले गाेताखाेरलाई पनि खाेज्न कठिन भएकाे छ ।

अब हुक प्रयाेग गरेर गाडीकाे बाेडी खाेज्ने तयारी छ भने राफ्टिङ र कायकहरुकाे पनि प्रयाेग गरेर खाेजी कार्य गर्ने तयारी गरेकाे पनि सुरक्षाकर्मीले बताएका छन् ।अहिले खाेजी कार्यमा सुरक्षाकर्मीका अलावा स्थानीय पनि जु’टेका छन् भने पाेखराबाट पनि ठुलै संख्यामा मानिसहरु दु’र्घटनास्थलतर्फ गएका छन् ।

बेपत्ता भएका व्यक्तिका आफन्त र साथिभाइहरु समेत त्रिशुली किनारमा खाेजीमा जु’टेका छन् ।घाइते रुद्रनाथ सुवेदीलाई भने राती नै उपचारका लागि चितवन पठाइएकाे थियाे । उनकाे अवस्था सामान्य छ ।

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post