दाँत पहेलो हुने समस्यालाई अब दुई मिनेटमै घरेलु उपाय बाटै यसरि चम्किलो बनाउनुहोस्

अहिलेको जेनेरेसनमा पहेलो दाँत हुनु सामान्य कुरा हो । यो आज धेरैको समस्या पनि भएको छ। सहि तरिकाले दाँतको हेरचाह नगर्नु, पराग, सुर्ती जस्ता पदार्थ सेवन गर्दा यस्तो समस्या निम्तिन्छ। दाँत पहेलो हुँदा आफ्नो अनुहारको सुन्दरतामा खराबी आउने मात्र होइन, धेरैको मनोबल पनि घटेको देखिएको छ।

आज हामि तपाइलाई दाँतको पहेलोपन हटाउने सजिलो तरिकाहरु बताउनेछौं। के हुन् त ती तरिका आउनुहोस् जानिराखौं।

१. तुलसी

तुलसीमा दाँतको पहेलोपन हटाउने एक अद्भुत शक्ति रहेको छ। यसले दाँतमा रहेको पहेलोपन हटाउने मात्र होइन मुख र दात सम्बन्धि अन्य रोगबाट बचाउने काम पनि गर्दछ। तुलसीको पातलाई घाममा सुकाउने र सुकेपछि यसको पाउडर बनाइ टुथपेस्टसंग मिलाएर ब्रस गर्दा दाँतको पहेलोपना हटेर चमक आउन थाल्छ।

२. नुन

हाम्रो गाँउघरतिर नुन र तेलले दाँत सफा गर्ने चलन अझै पनि छ । नुनमा २-४ थोपा शुद्ध तोरीको तेल मिलाएर दाँत सफा गर्नाले केहि दिनमै दाँतको पहेलोपना हटेर जान्छ।

३. सुन्तलाको बोक्रा र तुलसीको पात

सुन्तलाको बोक्रा र तुलसीको पातलाई घाममा सुकाएर त्यसको पाउडर बनाउनुहोस्। दाँत ब्रश गरिसकेपछि उक्त पाउडरले दातमा हल्का मसाज गर्नुहोस। सुन्तलाको बोक्राबाट प्राप्त हुने भिटामिन-सी र क्याल्सियमका कारण दाँत चम्किलो हुन्छ।

४. गाजर खाने

खाना खाइ सकेपछि दिनहुँ गाजर खाने गर्नाले पनि दाँतको पहोलोपन हट्छ। गाजरमा रहेको रेसाहरुले दाँतलाई राम्रोसंग सफा गर्न मदत गर्दछ।

५. नीम

नीमको उपयोग धेरै पहिले देखी नै दाँतको सफाई गर्न प्रयोग गरिदै आईएको छ। यसमा दाँत सेतो बनाउने र दाँतमा लाग्ने कीराहरूलाई नष्ट गर्ने शक्ति रहेको हुन्छ। यो प्राकृतिक एंटी-बयाक्टीरियल र एंटी-सेप्टिक हो। दिनहु निम (नीमको काठ, निमको सानो हाँगा) ले दाँत सफा गर्ने गर्नाले दाँतमा कुनै किसिमको रोग लाग्दैन र पहेलो भएको भए पनि हट्छ।

६. कागती

एक कागतीको रस निकालेर त्यसमा जति रस छ, त्यतिनै मात्रामा पानि मिसाउनुहोस् र खाना खाइसकेपछि यहि कागती पानीले दिनहु कुल्ला गर्ने गर्नुहोस । यसो गर्दा दाँतको पहेलोपन त हट्छ नै सास गनाउने समस्यामा पनि यो रामबाण सिद्ध हुन्छ।

७. स्ट्रबेरी

स्ट्रबेरी दाँत चम्किलो बनाउने सबैभन्दा मिठो र सजिलो उपाए हो । यसमा पाइने मालिक एसिड (Malic acid) ले दाँतलाई सेतो र चम्किलो बनाउँछ।

८. केरा

केरालाई पिसेर यसको पेष्ट बनाउनुहोस्। यसको पेष्टले दाँतलाई दिनहु एक मिनेट मसाज गर्नुहोस । मसाजपछि दाँत ब्रश गर्नुहोस। यो उपाए दिनहु गर्नाले दाँतको पहेलोपन हटेर जान्छ। एजेन्सी

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post