जब एक 20 वर्षिय युवती कसैले तर्न नसकेको नदीमा यसरी दौडिएर सबिलाई चकित पारिन्

देवी देवताहरूको भूमि मानिने हरिद्वारमा एउटा अनौठो घटना घटेको छ जो सुनेर तपाईलाई पनि अचम्म लाग्न सक्छ ।

भारतको उत्तराखण्डस्थित हरिद्वारमा यो अचम्म को घटना भएको हो जहाँ एउटा 16 साल की युवती अचानक पानीमाथि दौडिरहेको दृष्य देख्न सकियो । यस्तो दृश्य देख्दा त्यहाँ रहेका थुप्रै मानिसहरू अचम्मित भएका थिए ।

यो घटना धेरै वर्ष पुरानो हो तर पनि यसले भारतीय अखबार र भारतीय न्युज चेनलहरुमा निक्कै चर्चामा आएको थियो खासमा भन्ने हो भने एक जना नागादेव भन्ने साधु त्यहाँ बस्ने गर्दथे उनी भगवान शिवको एकदमै पिर्य भक्त पनि थिए ।

भन्ने गरिन्छ यी साधु आफ्नो नरम स्वभावको कारण एकदमै चर्चित थिए र सबैको प्यारो बन्न पुगेका थिए तर उनी पराए धेरैजसो भगवान शिवको ध्यानमा नै बसिरहन्थे ।

त्यतिबेलामा हरिद्वारको एक दोस्रो गाउँमा बस्ने रिना नामकी एक यूवती ती साधुलाई रोजाना खाना ल्याउने गर्थिन् । उनी ती साधुको लागि आफ्नो घरबाट खाना पकाएर ल्याउने गर्थिन् ।

त्यहीबेला एकदिन यस्तो पनि आयो ती साधुलाई निकै भोक लागिसकेको थियो त्यो दिन भने सधै उनलाई टाइममा खाना लिएर आउने ती युवती खाना लिएर त्यहाँ पुगेकी थिइनन् साधु निकै भोकाएका थिए आज ती बालिकाले आखिर मेरो लागि खाना ल्याउन किन ढिलो गरिन् त यसरी उनलाई कुर्दै गर्दा केही समयपछि निक्कै समय लगाएर ती यूवती खाना लिएर त्यहाँ पुग्छन् त्यहाँ पुग्ने बित्तिकै एकदमै भोक लागेका ति साधुले पहिले त खाना केही नबोलेर चुपचाप खान्छन् खाना खाएर उनलाई सोच्छन् बाबु तिमीले सधै मलाई टायम मा खाना ल्याएर दिन्थ्यो तर आज यति ढिलो किन गर्यो त ।

त्यसपछि युवतिले जवाफ दिन्छन् बाबा आज नदी निकै बढेको थियो खाना ल्याएर टाईमै आएको थिएँ तर नदी बढेको कारण म टाईममा पुग्न सकिन म त्यहीँ नदीको छेउमा बसिरहेकी थिएँ ।

त्यसपछि साधुले यो कुरा सुनेर उनलाई भन्छन् बाबु भगवानको नाम लिएर त मान्छेले भवसागर पार गर्न सक्छन् भने तिमीले त एउटा सानो नदी पनि तर्न सकेनौं के तिमी साचै भगवानलाई मान्छौ त भनेर उनलाई प्रश्न गरे ।

त्यसपछि साधुले भनेको त्यो कुराले ती युवतीको मनमा ठूलो प्रभाव पर्यो यसअघि पनि उनले कहिँकतै सुन्ने गरेकी थिइन् आखिर मान्छेले चाह्यो भने भावसागर पार गर्न सक्छ भन्ने कुरा तर त्यो बेला ती युवती चुपचाप त्यहाँबाट घर फर्किएर आइन र सुतिहालिन ।

अर्को दिन बिहानै उठेर साधुलाई खाना लिएर गइन् । त्यो दिन पनि पानी परिरहेको थियो र नदी पनि निकै बढेको थियो साधु एकछिन ती युवतीलाई हेर्दै भने बाबु आज पनि त नदीमा पानी धेरै छ तर तिमी कसरी आयौँ ।

त्यसपछि ती युवतीले दिएको उत्तरले साधु एक छिन त हेरेको हेरै गर्छन् । युवती भन्छन् बाबा हजुरले नै मलाई भगवान प्रति विश्वास गर्न सुझाव दिनु भएको होनी ।

आज म तीनै भगवानको शक्तिले नदी तरेर आए म पानीले भरिएको त्यो नदी माथि हिँडेर आय अब मलाई जति ठूलो नदी भए पनि फरक पर्दैन न कुनै डुङ्गा को सहारा चाहिन्छ मत अब भगवानको कृपाले पानीमाथि हिँड्न सक्छु ।

यो सुनेर साधुलाई अचम्म लाग्यो र यो कुरामा उनले विश्वास पनि गरेनन् । साधुले रीनालाई मानिसले चाहेमा भवसागार पनि तर्न सक्छ भनेका थिए । तर उनलाई साधु भएर पनि आफैलाई विश्वास थिएन ।

त्यसपछि यो कुरा पत्ता लगाउन साधु आफै रीनालाई हेर्न नदीको छेउमा कुरेर बस्छन् र केही छिन पछि रिना आउँछिन् अब त्यो बेला पनि नदी निकै ठूलो थियो पानी परिरहेको थियो । तर रिना पानी माथि पनि यसरी हिँडिरहेकी थिन कि मानौं उनी बाटोमै दौडी रहेकी छिन् यो देखेर साधु अचम्ममा पर्छन र भन्छन् हे देवी मैले त तिमीलाई जीवनभर भगवानको नाम लिन मात्रै उपदेश दिएको हुँ तर तिमीले त भगवानलाई आफनै बनाएर छोड्यौ आजबाट तिमी नै मेरो भगवान हौ । धन्य हो देवी भन्दै यो सुनाएका थिए । एजेन्सी को सहयोगमा

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post