बहिनीले खोलिन् वास्तविकता, विष्णु माझीलाई सार्वजनिक हुन किन दिईदैन, यस्तो रहेछ कारण


एजेन्सी । विष्णु माझीले नेपाली लोक गीत का क्षेत्रमा निकै नै चलेको नाम हो।विष्णु माझीले धेरै वर्षदेखि गीत गाउँदै आउनुभएको छ। उहाँले गाएको गीत प्रत्येक वर्ष हीट हुन्छन्,चर्चामा आउँछन् 

तर मान्छे भने कहिले सार्वज निक नभएकी विष्णु माझी यतिबेला के गर्दै छिन्,कहाँ छिन् भन्ने कुरा केही सिमीत मान्छे बाहेक अरु कसैलाई पनि थाहा छैन।उनको खोजी प्रत्येक वर्ष उनको नयाँ गीत आएसँगै हुने गर्दछ।

अहिले चर्चामा आएको चरी जेलैमा भने गीत जताततै भाइरल भैरहेको छ।यस गीतलाई कतिपयले विष्णु माझीको आफ्नै जीवनमा आधारित गीत भनेर पनि अर्थ्याइरहेका पनि छन्।

विष्णु माझी जस्तै अनुहार भएकी र धेरैले विष्णु माझीकै बहिनी भनेर भनिरहेकी एकजना चेली अस्मिता तामाङले विष्णु माझीलाई बाहिर निस्कन आग्रह गरेकी छन्।व्यक्तिगत लाइफ सबैको हुन्छ यद्यपि उहाँ जस्तो गायिका जो तीन करोड नेपालीको मनमुटुमा बस्न सफल भएकी छन्।

तसर्थ उहाँ जस्तो मान्छे बाहिर निस्कनु पर्दछ।सारा लोकले उहाँलाई खोजी गरिरहेको छ।आम दर्शक श्रोताको मन बसिसकेपछी उहाँले खोजी गर्नु स्वभाविक नै हो।

उहाँ बाहिर आउनु पर्‍यो,उहाँसंग कुनै एउटा कार्यक्रममा गीत गाएर भए पनि धेरै पैसा कमाउने अथाह क्षमता छ,उहाँ जस्तो मान्छे यसरी गुमनाम भएर बस्न हुँदैन भनेर पनि भनिएको छ।

उनी स्याङ्झा जिल्लामा स्थित एक गरिब परीवारमा जन्मेकी हुन् र सानै देखि गाउँमा विभिन्न मेला पर्वहरूमा गीत गाउँदै आइरहेकी थिइन्।

उनले गायका लोक गीत हीट नभएका सायदै होलान्।उनले पाँच कक्षासम्म मात्रै अध्ययन गरेकी छिन्।पछि उनी लोक गायक तथा संगीतकार सुन्दरमणी अधिकारीसँग बिहे गरिन्।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post