अस्पतालले मृत्यु घोषणा गरेको महिलाले घाटमा पुर्‍याए पछि मुख खोलिन्..


काठमाडौं । चिकित्सकले मृत्यु घोषणा गरेको एक महिलाले घाटमा मुख खोलेको भन्दै  अस्पतामा बवाल भएको छ । प्रहरीले घटनामा संलग्न ४ जनालाई पक्राउ परेको छ । उपचार गर्नुपर्ने विरामीलाई मृत्यु घोषणा गरेको भन्दै घाटवाट फर्किएर महिलाका आफन्तले अस्पतालमा बवाल गरेका हुन् ।

हस्पिटल एण्ड रिसर्च सेन्टरमा तोडफोड भएको हो । महिलाका आफन्त र गाउँलेहरुले अस्पतालमा कार्यरत चिकित्सक र नर्समाथि समेत आ क्र म ण गरेका छन् । इमर्जेन्सी कक्षमा समेत क्षती पुगेको छ । अस्पतालमा बवाल भएपछि आएको प्रहरीले बल प्रयोग गरेको छ । प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।

एक चिकित्सक र नर्स घाइेत भएका छन् । सीसाले लागेर एक बिरामी कुरुवा महिला पनि घाइते भएकी छन् ।

Post a Comment

Previous Post Next Post