यो लकडाउनको विषम परिस्थितिमा धेरै नेपालिहरुलाई एकदमै गाह्राे भैरहेको अवस्था छ कोहिले ज्यान गुमाउनु पर्यो त कोहि अस्पतालमा लम्पसार भएर थन्किन बिबस छन्
त कोहि अक्सिजनको कमिमा छट्पटाइरहेका छन् त कोहिलाई आइसियु भेन्टिलेटर नपाउदा ज्यान गुमाउन बाध्य छन् ।मान्छेलाई रोगले त सतायो नै त्यो भन्दा बढि नहुने बर्गलाई भोकले सताएको छ ।
त्यस्कै उदाहरण सुलेमान शंकर (इकु) जस्ले स्नेह आश्रम चलाउदै आएका छन् जुन चाबहिल ,मुलपानि काठमाडौमा अवस्थित छ ।उनले आफू अभिभावक भएर धेरै बेसहारा बालबच्चालाई हेर्दै पाल्दै र हुर्काउदै आइरहेका छन् ।आफ्नो गास समेत का`टेर ती बच्चाहरुलाई दिने गरेको उनको प्रतिक्रियाबाट सहजै बुझ्न सकिन्छ ।
आफुलाई ४-५ लाख ऋण लागिसकेको र सो आश्रममा अहिले काम गर्ने लगायत सबै बालबच्चालाई भने बमोजिम खान लाउन दिन नसकेको भन्दै उनी भकानिए ।अरु राम्रो मीठो मसिनो नभएपनि सामान्य दालभातसम्म मात्रै दिनसकेपनि धेरै सौलियत हुने र सो सम्म दिन गाह्राे भइरहेको अवस्थामा आफुलाई हदसम्मको दुख भएको उनी बताउँछन् ।आफू बरु म`र्न तयार भएको तर यो आश्रममा भएका सबै छोराछोरीले घर पाउन राम्रो खान लाउन पाउन भन्दै उनी एकदमै भावुक समेत भए।
हेर्नुस् भिडियो