लगभक ७ बर्षदेखि मलेशियाको जेलमा जेल जीवन बिताइरहेका हेटौडाका मोदनाथ तिमल्सिना ,मलेसियाकै जेलबाट अहिले मिडियाको सम्पर्कमा आएका छन् ।
मोदनाथ तिमल्सिनालाई अहिले नेपाली पात्र अनुसार कति चलिरहेको छ र आफू कहिले जेल चलान भएको थिए भन्नेसम्म पनि स्मरण छैन्।
नेपालमा भुकम्प गएको १२-१५ दिनपछि आफू जेल गएको भन्ने उनलाई याद छ ।उनको पैसा लुट्न आएका लुटेराहरुसग दोहोरो भि डन्त पर्दा एक लुटेराको मृ त्यु भैसके पश्चात् मलेशियाको प्रहरिले उनलाई नियन्त्रणमा लिइएको हो भन्ने सामान्य जानकारी प्राप्त भएको छ ।
मोदनाथ मात्रै एक हैनन् जस्ले यसरी जेल जीवन बिताइरहेका छन् ।उनी बस्दै आएको जेलमा थुप्रै नेपालिहरु भएको समेत उनले बताएका छन् ।मिडियामा आएपछि आफ्नो परिवारलाई जानकारी हुने र सम्बन्धित ठाउबाट पहल भए आफू नेपाल फर्किन पाउने झिनो आशासहित उनी लगायत थुप्रै नेपालिको मनोकामना छ ।
अहिले मोदनाथको घरमै हामी पुगेका छौ ।उनले दिएको ठेगाना अनुसार हेटौडा नजिकै बागदलि भन्ने ठाउमा उनको परिवार रहदै आएको छ ।उक्त परिवारले मोदनाथलाई मायानै मारिसकेको रहेछ तर अन्ततः उनको जिबितको खबरले यो परिवारमा फेरि खुसि ल्याएको छ ।
आफुले सोचेको आफ्नो परिवार प्रति आफुले पूरा गर्न नसकेकोमा आफुलाई क्षमा देउ भन्दै मोदनाथ कारागारबाटै धुरुधुरु रोए ।यतिका समय पश्चात् आफ्नो श्रिमानसग भिडियो कल मार्फत कुरा गर्दैगर्दा दुबैका आखामा आशुहरु भरिएका थिए ।मोदनाथ बेपत्ता भए जस्तै भएको लगभक ७ बर्ष पछिको पहिलो अौपचारिक परिवारसग उनको यो कुरा थियो ।
आज अन्ततः मोदनाथ तिमल्सिना आफेनो घर फर्किएका छन् ।उनलाई त्रिभुवन अन्तरास्ट्रिय एयर्पोर्टमा भव्य स्वागत गरियो ।आफु जिन्दगी भर नेपाल फर्किन नसक्ने भन्दै सबै माया मार्दै गर्दा यहाहरुको सरसहयोगले आफू घर फर्किन सकेको भन्दै सबैलाई धन्यवाद समेत दिग ।र कारमा आफ्नो घर फर्किए ।घर फर्किएसगै आफ्नो श्रीमती र छोरोलाई अङ्गालोमा हालेर धरधरि रोए ।
त्यसैगरि मोदनाथकि सहासि श्रीमती र छोराले बाख्रा फार्म र कुखुरा फार्म संचालन गर्दै आएको र सोही हेर्न मोदनाथ आफुपनि सो स्थलमा पुगेका छन् ।यस्तो काम आफ्नो परिवारले गरेको देखेर उनी ज्यादै खुसि भए र बिदेश यहि भएको भन्दै ठट्यौलि समेत गरे ।
तर अहिले मोदनाथ तिमल्सिना र देवकि तिमल्सिनाको कान्छा छोरा बिरेन्द्र तिमल्सिना यतिबेला बेपत्ता भएको चार महिना बितिसक्यो ।मोदनाथ भन्छन् म स्वयम पनि यसरी घर आइपुग्छु भन्ने नै लागेको थिएन तर अन्ततः आइपुगे तर आफू त आए छोरो मैले चेट्न पाइन भन्दै उनी धुरुधुरु रोए ।छोरो जहाँ भएपछि घर फर्किएर आउ भन्दै बिन्ति समेत बिसाए ।
हेर्नुस् भिडियो सामाग्री