कठै ! यसरी कारागारबाटै बिद्यालय जान्छिन् यी सानि नानि (हेर्नुस् भिडियो)

यी सानि बालिकाको उमेर भनेको साथिसङ्गि दिदिभाई आमाबुवासग हास्दै खेल्दै गर्ने उमेर हो ।तर दुर्भाग्य यस्तो भयो कि यी सानि नानि अहिले जेलमा छिन् ।यी सानि नानिको नाम हो बिबिका पुन ।

यी नानिको आमा ज्यान मुद्दामा जेल चलान हुदा यिनी मात्रै १ बर्षकि थिइन् र अहिलेसम्म पनि आफ्नि आमासगै उनी जेलमै छिन् ।

बिहान बेलुकि जिल्ला कारागार बाट नै उनलाई स्कुल जाने ल्याउने व्यवस्था गरिएको हो ।अहिले बिबिका नर्सरिमा अध्ययनरत छिन् ।यसरी आफ्नै आमासग जेलमै बसेकि बिबिकालाई विभिन्न संघ संस्था र आफन्तले आफ्नो घरमा लगेर पढाउछु भनेपनि आमाले आफ्नो छोरी बिना एकै पल पनि बाच्न नसक्ने बताएपछि उनी आमासगै छिन् ।

जेलभित्र भएका सबै कैदिहरुले बिबिका हामी सबैको छोरी हुन् भन्दै सबै रोएको हामिले देख्यौ र बिबिका प्रतिको अथाहा प्रेम अनि स्नेह देख्यौ ।सबैकि प्यारि भएकि बिबिकालाई गुल्मि जिल्ला रेसुङ्गा नगरपालिकाका मेयर डिल्लिराज भुसालले अभिभावकको भुमिका निर्वाह गर्दै जेलबाटै पढाइदिने व्यवस्था मिलाइदिनु भएको छ ।

हेर्नुस् भिडियो सामाग्री

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post