ब्लड प्रेशर’का बिरामीको शरीरमा देखिने ७ खतराको संकेत


उच्च रक्तचाप अर्थात ‘हाइपरटेन्शन’ को समस्यालाई मानिसलाई मृत्युको मुखसम्म पुर्याउँछ । उच्च रक्तचापको सम्बन्ध आर्टिरियल्स धमनीसँग हुन्छ ।

 यो धमनीले रगतको चाप नियन्त्रण गर्ने काम गर्छ । यो धमनी पातलो भएमा मुटुले रगत प्रवाह गर्दा अत्यधिक बल प्रयोग गर्छ जसले गर्दा उच्च रक्तचापको समस्या देखापर्छ ।चिकित्सकहरुले उक्त धमनीमा समस्या आउनेवित्तिकै उपचार नगराए हृदयघात, स्ट्रोक जस्ता गम्भीर समस्या आउने बताएका छन् । उच्च रक्तचापका रोगीहरुको शरीरमा समस्या आएको सुरुवाती चरणमा नै स्पष्ट हुँदैन । चिकित्सकहरुले उच्च रक्तचापका रोगीहरुको शरीरमा देखिने केही संकेतलाई नै खतराको घण्टी मान्नुपर्ने बताएका छन् ।

चिकित्सकका अनुसार उच्च रक्तचापको समस्यामा शरीरमा विभिन्न प्रकारका परिवर्तनहरु आउँछन् ।

उच्च रक्तचापको दुईवटा क्षण हुन्छ । जसमा एउटा अर्जेन्ट र अर्को इमरजेन्सी पर्छअर्जेन्टमा व्यक्तिको रक्तचाप उच्च हुन्छ । तर कुनै पनि अंगमा नोक्सान पुग्दैन । तर, अर्को इमरजेन्सी हुन्छ जसमा उच्च रक्तचापले अंगहरुमा नोक्सान पुर्याउँछ ।यदि कुनै उच्च रक्तचापको बिरामीले धमिलो देख्न थाल्छ भने उसको शरीरमा रक्तचाप उच्च भएको हुनसक्छ ।

यसका साथै, धेरै टाउको दुख्ने, छातीमा दुखाई हुने, सास फेर्न गाह्रो हुने जस्ता समस्याहरु देखिन्छन् । यसका साथै, बेहोस हुने, छालाहरुमा रातो धब्बा बस्ने जस्ता उच्च रक्तचापका गम्भीर संकेत हुन् ।

यस्तै, अचानक शरीरको कुनै पनि अंग सुन्निने वा फुल्ने भएमा, बान्ता हुने, एन्जाइटी हुने जस्ता संकेत पनि देखिन सक्छन् ।यदि उच्च रक्तचापको समस्या भएमा बिरामीले तुरुन्तै डाक्टरको सल्लाह लिएर उपचार गराउनु पर्छ

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post