
घरबाट एक साताअघि आफन्तको घर जान भनेर हिँडेकी कृशला आफन्तको घरमा पुगिनन् । तर उनको परिवारले प्रहरीलाई यस घटनाको जानकारी समयमै दिएन । अन्तत कृशलाको शव भेटिएको छ । यसले परिवारलाई शोकमा पुर्यएको छ ।
उदयपुरको त्रियुगा नगरपालिका–६ मोहनपुरकी ती १६ वर्षीय किशोरीको शव जंगलमा फेला परेको थियो । स्थानीय प्रेमकुमार चौधरीकी १६ वर्षीय छोरी कृशलाको शव स डे को अवस्थामा घर नजिकैको राजदेवी सामुदायिक वनमा फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए
अभिभावकका अनुसार कृशला यही साउन १३ गतेदेखि घरबाटै हराएकी थिइन् । हराएको ६ दिनपछि साउन १९ गते त्यस्तो अवस्थामा स्थानीय जंगलमा शव भेटिएको गौतमले वताए । किशोरीको शवको पहिचान उनका बुवाले गरेका छन् ।
किशोरीमाथि नराम्रो व्यवहार भएको र यसपछि घटना गराइएको आशंका स्थानीयले गरेका छन् । घटना अनुसन्धानका क्रममा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । ‘उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखी सूक्ष्म रुपमा अनुसन्धान गरिरहेका छौँ,’ प्रहरी नायव उपरीक्षक गौतमले भने । प्रहरीले पक्राउ परेका व्यक्तिको नाम भने सार्वजनिक गरेको छैन ।
अभिभावकका अनुसार कृशला घरबाट आफन्तको जान भनेर साउन १३ गते हिँडेकी थिइन् । त्यसपछि बे प त्ता भएकी उनको परिवार र आफन्तले कसैलाई नभनेर आफ्नै तरीकाले खोजी गरेका थिए । सामाजिक प्रतिष्ठामा आँच आउने डरले छोरीको भित्रभित्रै खोजी गरेपनि प्रहरीलाई भने जानकारी नगराएको बुवा प्रेमकुमारको भनाई छ । प्रतिकात्मक तस्वीर