खाडीबाट भर्खर नेपाल आएका श्रीमानले जब श्रीमती नाठोसंग यस्तो अवस्थामा देखे (भिडियो हेर्नुस्)


रोजगारीको शिलशिलामा बिदेश जानू अहिले सामान्य जस्तै बनी सकेको छ नेपाल र नेपालीका लागि । त्यसले आर्थिक अवस्था केही सुधार भएको पनि छ साथै देशले पनि रेमिट्यान्स भित्राएर केही फाइदा लिएको पनि छ ।

 तर त्यो सगै बिबाहित परिवारको घरबार बिग्रने समस्याले पनि बिकराल रुप लिएको देखिन्छ । बेला बेलामा यस्ता घट्नाहरु बाहिर आएको हामिले देख्न सुन्न थुप्रै पाउछौ भने कतिपय यस्ता समस्याहरु भित्रभित्रै सकिने पनि गरेका छन 

यस्तै घट्ना लिएर फेरि भोजपुर घर भै हाल बिराटनगर बस्ने मंगल बहादुर तामाङ मिडियामा आएका छन । मंगल बहादुरका अनुसार उनी बिदेशबाट घर आउदा श्रीमती छोराछोरी छोडेर अर्कै केटा सग आफुले कमाए किनेको जग्गा बेचेको पैसा सहित अन्य गरगहना र पैसा लिएर हिडेको जानकारी दिए । मंगल बहादुरको एक छोरा र तीन छोरी गरि चार जना छोराछोरी छन । उनले बिराटनगरमा घर बनाएर श्रीमती सहित छोराछोरी त्यही राखि आफू भने बिदेशमा थिए ।

मंगल बहादुरकी जेठानी दिदिका अनुसार उनिहरुबिच थुप्रै पटक सामान्य मनमुटाव पहिले देखि नै भएको जानकारी दिएकी छिन । धेरै पटक बहिर र ज्वाइलाइ सम्झाएर पठाए पनि समस्या समाधान नभएको मंगल बहादुरकि जेठानी दिदी गोमा लिम्बुले बताइन । कुरा प्रहरी र अदालत सम्म पनि पुगेको बताइन । मंगल बहादुरकी श्रीमती अहिले आफुसग डिभोर्स मागी रहेको मंगल बहादुरले बताए तर उनी भन्छन ` यदि उ आए आफू स्वीकार गर्छु, छोराछोरी छन यिनिहरुको मुख हेरेर भए पनि स्वीकार गर्ने सोच छ । तर यदि उस्ले डिभोर्स नै गर्छ भने मलाई मैले कमाएको दिएर जाओस म तयार छु ।´

घरपरिवार कै सल्लाह अनुसार पहिले घरकी माइली छोरी बिहे गरेका मंगल बहादुर उनले एक छोरा र एक छोरी भए पछि छोडेर गएकि थिइन । त्यसपछि अन्तरी सालीसग सासू ससुराले नै भनेपछि बिहे गरेका थिए, अहिले उनले पनि छोडेर गएकी छिन । कान्छी श्रीमती पट्टि दुइओटी छोरी छन । मंगल बहादुरका अनुसार आफू बिदेशबाट आउदा आफ्नै घरमा श्रीमतिले अर्को केटा सग चुम्बन गरेको फोटो भेटेको बताएका छन । उनकी श्रीमती मंगलबहादुरको जेठान दाइको घर तिरै धेरै बस्ने गरेको बताए पनि उनकी जेठानी दिदिका अनुसा आफुले तेस्तो अन्य कोहि केटा भने नदेखेको बताइन ।

मंगल बहादुरकि जेठानी दिदिका अनुसार ज्वाइँ बहिनिलाइ नै बोलाएर धेरै चोटि सम्झाएर पठाए पनि भोलिपल्ट नै नन्द फर्केर त्यहा नबस्ने भन्दै आउने गरेकी थिइन । अन्तिम चोटि आउदा केही दिन बसि फुपुको घर जाने भन्दै हिडेकी थिइन । त्यसपछी उनी सम्पर्क बिहिन भइन । अहिले उनको मोबाईल नम्बर पनि अफ छ । मंगल बहादुरले आफ्नो ससुराली तिर कसैलाइ पनि दोष दिने ठाउँ छैन उहाहरुले त राम्रो सग सम्झाएर पठाउनु हुन्थ्यो तर नसम्झिनेले जति नै भने नहुने रहेछ भन्दै गुनासो गरेका छन ।

मंगल बहादुरकी जेठानी दिदिका अनुसार ज्वाइँ त्यस्तो खराब नलागेको बताइन । घर झगडा कुटपिट इत्यादि अहिलेसम्म नसुनेको पनि बताइन । अहिले मंगल बहादुर भन्न्छन ; यदि उ गल्ती भयो अब मिलेर बस्छु भनेर आउने हो भने म स्वीकार गर्छ । छोराछोरी छन तिनिहरुको भविष्य बनाउनु छ । तर यदि होइन उस्ले सधै झै डिभोर्स नै माग्छ भने मलाई मेरो क्षतिपूर्ति दिनु पर्छ म डिभोर्स दिन तयार छु ।

 (तल भिडियो हेर्नुस;)

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post