५० बर्षिय भिमबहादुर बिक जो देवघा`टमा सधै नै देखिन्छन् ।सामाजिक संजालमा एकदमै भाइरल नाम हो भिम दाइ ,उहाको सालिनता सोझोपन र एकदमै मीठो हासो जो कोहि फ्यान हो ।
देवघा`टमा उनी कुनै मनोरम दृश्य भने हेर्न जादैनन् उनी आफ्नो गरिबिबाट बाध्यात्मक अवस्था सृजना हुदा त्यहासम्म गएर माग्न बिबस छन् ।र निकै समयदेखि उनी यसरि नै माग्दै आइरहेका छन् ।पहिले देवघा`टमा दर्शन गर्न र घुम्न आउने हरुले दुइचार पैसा दिन्थे तर अहिले देवघा`ट भिम दाईलाई नै भेट्न भन्दै मान्छेको ओइरो नै जाने गरेको छ ।
उनले आफ्नोे जिन्दगी भर बिवाह गरेनन् र आमा बुवाको काख मै उनी हुर्किरहे बसिरहे ।उनले आफ्नो परिवार छुट्टै बनाउनुपर्छ भन्ने सोच बिचार नै राखेनन् ।सामाजिक संजालको बढ्दो प्रयोग साथै लोकप्रियताले कतिलाई मोडल बनायो त कतिलाई कलाकार ।तिनै संजाल मध्ये टिकटक जो अहिले अत्याधिक रुचाइएको संजाल बनेको छ ।आफ्नो निखारिएको कलाहरु छोटो समयमा धेरै देखाउन सक्नु नै टिकटकको खुबि हो ।
त्यहि टिकटकमा फेरि अहिले हामी सबैका प्रिय भिम दाइ र उनका टिकटकहरु एकदमै भाइरल भैरहेका छन् ।
हेर्नुस् भिडियो सामाग्री