के मास्क धोएर लाउन मिल्छ त ? दिन-दिनै नयाँ लगाउने की एउटै धुदै लगाइरहे हुन्छ ? थाहा पा उनुहोस्

काठमाडौ । यिनै प्रश्न र जिज्ञासाबारे सरुवा`रोग विशे`षज्ञ डाक्टर अनूप सुवेदीले गत वर्ष सांसद गगन थापासँगको फेसबुक संवादमा जवाफ दिएका थिए। मास्क`बारे उनीहरू`बीचको सवाल(जवाफ कोरोना`को दोस्रो लहरले गाँजेका बेला पुनः सान्दर्भिक देखि`एको छ।सबभन्दा पहिला एन–९५ मास्कको कुरा गरौं।

डा. सुवे`दीका अनुसार भल्भ भएको एन–९५ मास्कले बाहिर`बाट भित्र जाने हावा त रोक्छ, तर भित्रबाट बाहिर आउने हावा रोक्दैन।हा`मीले सास फेर्दा, खोक्दा वा हाच्छि`यूँ गर्दा थुकको छिटा बाहिर नजाओस् भनेर मास्क लगाउने हो। तर, भल्भ भएको एन–९५ मास्कले त्यस्तो छिटा बाहिर जान`बाट रोक्दैन। यसले बाहि|रको छिटा भित्र प्रवेश गर्न भने दिँदैन,’ उनले भने।

कोरोना महा`मारी नियन्त्रण गर्न आफू मात्र होइन, अरूलाई पनि संक्रमणबाट जोगाउ`नुपर्ने हुँदा यस्तो मास्क लगा`उनु सामा`जिक रूपमा अनुत्तरदायी व्यवहारु भएको डा। सुवेदीले बताए।

‘कतिपय मान्छेले एन–९५ भित्र छुट्टै सर्जिकल मास्क पनि लगाउनु हुन्छ। तर, सर्जिकल मास्क लगाएपछि अर्को लगाउ`नुपर्दैन,’ उनले भने, ‘मास्क लगाउँदा कत्तिको टाइट फिटिङ छ भनेर पनि ध्यान दिनुपर्छ। माथि, तल वा छेउछाउबाट हावा छिर्ने गरी खुकुलो छ भने त्यसले संक्रमणबाट बचाउन सक्दैन।’

यस्तो अवस्था|मा कपडा राखेर, टेप लगा`एर वा अन्य तरिकाबाट मास्कलाई टाइट फिटिङ गरा`उनुपर्ने उनले सुझाए। ‘मास्क धोएर फेरि–फेरि प्रयोग गर्न मिल्छ कि मिल्दैन ?डा. सुवेदीले भने, ‘एन–९५ र सर्जिकल मास्क धुन मिल्दैन।’ उनले अगाडि भने, ‘यस्तो मास्क धोएपछि त्यसको छिद्रहरूमा रहेको कपडा बिग्रन्छ। भाइरस सजिलै छिर्न सक्छ।’

धुन नमिल्ने भए के आज लगाएको मास्क भोलि पनि लगा`उन मिल्छ त ? त्यो पनि मिल्दैन। यस्तो महा|मारीको समय`मा मास्क लगाएर हिँड्दा त्यसको बाहिरी पत्रमा संक्रमित व्यक्तिको थुकको छिटा परेको छ भन्ने हामीले सोच्नुपर्छ। त्यहाँ को`रोना भाइरस हुन सक्छ भन्ने हामीले ख्याल राख्नुपर्छ।

त्यसैले त्यो मास्क भोलि|पल्ट फेरि प्रयोग गर्नु त परको कुरा, त्यसको बाहिरी पत्र हातले छुन पनि हुँदैन। कसैगरी छो|इहाल्यो भने हात साबुनपानीले धुनुपर्छ वा स्यानिटाइजर लगाइ|हाल्नुपर्छ।धुन पनि नमिल्ने, भोलि`पल्ट फेरि लगाउन पनि नमिल्ने भए के अब हरेक दिन नयाँ मास्क किनेर लगाउनुरु त्यो त क|सरी साध्धे होला र !

यसमा डा। सुवेदीको जवाफ छ, धुन नमिले पनि मास्क पुनः प्रयोग गर्ने तरिका छ। आज एउटा मास्क लगाउने, त्यसलाई खोलेर कोठामा अलक्क कतै झुन्ड्याएर राख्ने। भोलि फेरि अर्को लगाउने। त्यसलाई पनि उसै|गरी झुन्ड्याएर राख्ने। यसरी चार दिनसम्म चार`वटा छुट्टाछुट्टै मास्क लगाउने।

उनले अगाडि भने, ‘पाँचौं दिनमा पहिलो दिन लगा`एको मास्क लगाउने। यसको कारण के भने, पहिलो दिन लगाएको मास्कको बाहिरी पत्रमा भाइरस परेको छ भने पनि त्यो ७२ देखि ९६ घन्टासम्म मरिसकेको हुन्छ। पहिलो दिन लगाए`को मास्क चार दिनपछि फेरि लगाउँ|दा सुरक्षित हुन्छ। र, यसरी हामी मास्क नधोइकन पनि पुनः प्रयोग गर्न सक्छौं।’

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post