बाँदरले मास्क लगाएको भिडिओ भाइरल, भन्न थालियो मान्छेभन्दा बुद्धिमानी (हेर्नुहोस भिडियो)


कोरोना भाइरसका कारण विश्व आक्रान्त छ। कोरोनाविरुद्धको खोपहरु बनेता पनि हालसम्म पनि यो महामारी पूर्ण रुपमा नियन्त्रणमा आउन सकेको छैन।

 कोरोनाको तथ्यांक राख्ने वर्ल्डोमिटरका अनुसार कोरोनाले आजको मितिसम्म २१ करोड ४९ लाख मानिस संक्रमित भइसकेका छन्। यो भाइरसकै कारण अहिलेसम्म ४४ लाख ४० हजारले ज्यान गुमाइसकेका छन्।

यद्यपी धेरै मानिसहरु अझै पनि कोरोनालाई सामान्य रोग सोच्छन्। यसबाट बच्ने उपाय अबलम्ब गर्दैनन्। जस्तै मानिसहरु खुलेआम मास्कबिना हिँडिरहेको देख्नसक्छौं। यसबीचमा पछिल्लो समय इन्टरनेटमा एउटा यस्तो भिडिओ सार्वजनिक भएको छ जसलाई हेरेर मानिसहरुले जनावर त मानिसभन्दा बुद्धिमानी हुने रहेछन् भनिरहेका छन्।

वास्तवमा विश्वभर भाइरल भएको भिडिओमा एउटा बाँदरले बाटोमा भेटेको मास्क लगाएर हिँडेको देखिएको छ। उक्त बाँदरलाई मास्क लगाउन आएको छैन यद्यपी त्यसले मास्क लगाउँछ र मास्क लगाएरै हिँड्छ। यतिबेला मानिसहरुले यो बाँदरबाट मानव जातिले कोरोनाविरुद्ध सचेत हुनुपर्छ भन्ने सन्देश सिक्नुपर्ने बताइरहेका छ

न्भिडिओ.

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post