एप्पल स्मार्ट घडीको चमत्कार : यसरी बचायो एक अमेरिकी वृद्धको ज्यान

एप्पलको स्मार्टघडीले एक अमेरिकी नागरिकको ज्यान बचाएको छ।अमेरिकाको दक्षिण क्यारोलिनास्थित घर भएका ७८ वर्षिय माइक यगरको ज्यान ‘एप्पल वाच’ले बचाएको एप्पल इन्साइडरले बताएको छ।

माइकको गाडी चलाउँदा दुर्घटना भएको थियो। दुर्घटनामा उनको नाक भाँचिएको थियो र उनी बेहोशी अवस्थामा थिए। त्योबेला उनले आफ्नो हातमा लगाएका ‘एप्पल वाच’बाट नोटिफिकेसन आइरहेको थियो, तर माइकले त्यसमा कुनै प्रतिक्रिया नदिएपछि घडीले सिधैँ प्रहरीलाई मेसेज पठाएको हो।

हाल एप्पलले आफ्नो ‘एप्पल वाच’को नयाँ सिरिजमा ‘फल डिटेक्सन’ फिचर ल्याएको छ। एप्पल घडी लगाएको बेला यदि प्रयोगकर्ता लडे वा केही ठूलो दुर्घटना भए सो फिचरले घडीमा नोटिफिकेसन पठाउँछ। उता प्रयोगकर्ताबाट कुनै प्रतिक्रिया नआए घडीले सम्बन्धित संस्थामा आपतकालिन फोन वा मेसेज पठाउँछ।

एप्पल इन्साइडरका अनुसार उद्धार भएपछि पनि आफ्नो ज्यान एप्पल घडीले बचाएको कुराबारे माइक अज्ञात थिए। यही फिचरले गर्दा माइक यगरको दुर्घटनाबाट समयमा नै उद्धार भएको थियो। उनको हातमा भएको एप्पल घडीले प्रहरीलाई मेसेज पठाएकै कारण अमेरिकाको ‘समरफिल्ड फाएर डिपार्टमेन्ट’ घटनास्थलमा माइकलाई बचाउन गएका थिए।

‘होशमा आउने बित्तिकै मैले प्रहरी अफिसरलाई मलाई कसरी भेट्टायौँ भनेर प्रश्न गरेको थिएँ,’ माइकले भने, ‘उताबाट ‘तिम्रो घडीले हामीलाई मेसेज पठाएको थियो’ भन्ने जवाफ आएपछि म छक्क परेँ। एप्पल घडी महँगो त हुन्छ तर यो उपकरण ६५ वर्षभन्दा माथिका व्यक्तिले लगाउन निकै जरुरी रहेछ।’

‘फल डिटेक्सन’ ‘फिचर एप्पल वाच सिरिज ४’ देखि नयाँ सिरिजका घडीहरुमा उपलब्ध छ।

एप्पलले यसअघि पनि आफ्ना फिचरहरुले गर्दा प्रयोगकर्ताको ज्यान बचाएको छ। यसमा भएका कतिपय फिचरबारे प्रयोगकर्ता स्वयम् अनजान भइरहेका हुन्छन्।

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post