नाकमा काला र सेता खिल आएर चिन्तित हुनुभएको छ ? यी उपायबाट पाउनुहो’स् छुटकारा

सुन्दर अनुहार सबैको चाहना हुन्छ । तर विविध कारणले सुन्दरतामा कमजोरी आउँछ । सुन्दरता कमजोर गराउने कारण मध्ये नाकको बाहिर पटी छालामा देखिने बढी चिल्लोपना वा स-साना काला वा सेता खिल हुन्। नाकमा चिल्लो वा यस्ता खिलहरु के कारणले आउछ ? र कसरी आउन

नदिने वा हटाउने ?

नाक स्वास्थ्यका लागि मात्र हैन सौन्दर्यको लागि पनि महत्वपूर्ण अंग हो। त्यस कारण नाकको भित्री तथा बाहिरी नाक वरिपरीको छाला भाग स्वस्थ र सफा हुनु पर्छ। नाक वरिपरीको छालामा विशेष गरेर चिल्लो, काला तथा सेता खिल आउने समस्या धेरै व्यक्तिमा हुन्छ।

खिलबारे भ्रम हाम्रो समाजमा नाकमा आउने चिल्लो वा खिल बारे धेरै भ्रम छ। सानोमा बढी चिल्लो खायो वा लायो भने यस्तो हुन्छ, यसलाई निचोरेरै हटाउन सकिन्छ, भन्ने भ्रम मात्र हो ।

यस कारण नाक वरिपरी छालामा चिल्लो वा खिल आउँछ: १३–१४ वर्षदेखि २४–२५ वर्षको समयमा यस्तो समस्या बढी देखा पर्छ । कारण नाकदेखि आँखा तलको भागसम्मलाई ‘टि एरीया अफ दि फेस’ भनिन्छ ।

नाकदेखि आँखाको मुनिसम्मको भागमा ‘सिवाईसेस ग्रन्थी’ हुन्छ । यो ग्रन्थीले शिवम नामक चिल्लो पदार्थ उत्पादन गर्छ। यस्तो चिल्लो पदार्थ छालाबाट सजिलै बाहिर जान नसके पछि, काला, सेता खिलको रुपमा परिणत हुन्छ।

सेता खिलहरु छाला भित्रै डण्डिफोर वा साना फोका जस्तै हुन्छ । यो फुट्दैन । तर काला खिलहरु फुटेर चिल्लो वा घिउ जस्तो निस्कन्छ । सेता खिलको तुलनामा काला खिलले कुरुप हुन्छन् ।

खिल देखा पर्दा गर्नै नहुने कुरा: अधिकांश मानिसको बानी हुन्छ, नाक वरिपरी यस्ता खिलहरु आए कोट्याउने, वा निचोर्ने । यस्तो गर्दा छालामा प्वाल पर्नुका साथै खाल्टा–खाल्टा दाग देखिन्छ ।

इन्फेक्सन भयो भने कान वरिपरीको भाग दीर्घकालिन कुरुप नहोला भन्न सकिन्न । त्यसैले पनि यो बढ्दो उमेरसँगै ग्रन्थीको प्रभावले देखा पर्ने समस्या भएकाले आउँछ, जान्छ। सकभर चलाउनु हुदैन्।

चिल्लोपना वा खिल आउन नदिन यसो गर्नुस्: दिनको तीन पटक सफा पानीले मुख धुने । बाहिर हिँड्दा वा दिनको एक पटक आफ्नो छालालाई सुहाउने गुणस्तरीय क्रिमको प्रयोग गर्ने । धुवाँ, धुलोबाट आएपछि फेसवासले मुख सफा गर्ने ।

बढी नै समस्या देखा परे हप्तामा एक चोटी स्क्रप लगाएर सफा गर्ने । सन्तुलित आहारको सेवन गर्ने । अरुले भनेको भरमा बजारमा पाइने जुन सुकै क्रिमको प्रयोग वा जथाभावी औषधि सेवन नगर्ने । यदि धेरै समस्या आयो भने चिकित्सकको सल्लाह बमोजिम आौषधि सेवन वा अन्य तरिका अपनाउनु पर्छ ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post