बिष्णु माझीको पहिलो अन्तरबार्ता ? लुक्ने कोठा देखि श्रीमानसम्मको रहस्य (भिडियो हेर्नुस्)


काठमाडौं । नेपाली गीत संगीतकि लोकप्रिय गायिका बिष्णु माझीको बारेमा धेरैको चासो छ उनि के गर्छिन कहाँ बस्छिन,किन मिडियामा देखिन्न जस्तो प्रश्नले सबै समू उनीलाई खोजिरहेकै हुन्छ । सोहि बीच बिष्णु माझीको पहिलो अन्तरबार्ता लिने मिडिया कर्मी पहिलोपटक हामी माझ आएका छन । बिष्णु माझीले गाउने गीत जति उत्कृष्ट छ त्यतिकै महंगी गायिकामा उनि छिन

बिष्णु माझी बस्ने ठाउँ देखि उनी अनुहार पुरै छोप्नु सम्मको कारण पहिलोपटक बाहिरिएको छ।उनि आज भन्दा १० बर्ष अगाडी खुल्लेआम सबै समू खुलेरै बोल्ने र अनुहार देखाएरै हिड्ने गायिका रहिछन।जव सुन्दरमणि अधिकारी संग उनको बिबाह भयो त्यस पछि माझी आफुलाई अदृश्य गायिकाको रुपमा प्रस्तुत गर्न थालिन र त्यसैको फलस्वरूप अहिले सबै भन्दा महंगी गायिका भएकी हुन।

के उनि साच्चै मिडिया देखि सधाको लागि टाढा भएकै हुन् र के उनि बस्ने र खाने सबै सामान्य हो । उनका सबै गीत हिट हुन्छन् । जादुमय श्वरी धनी बिष्णुलाई केही सिमित कलाकारले वाहेक कसैले पनि प्रत्यक्ष देखेका छैनन । चर्चीत गीत गाउने कलाकार सार्वजनिक नभए पछि उनका बारेमा अनेक अड्कल लगाइएको छ ।

केही समय अघि बिष्णुका माइती गाउँका छिमेकी समेत रहेका बादल घिमिरेले माझीका बारेमा सोधखोज गर्नुपर्ने माग सहित लामो फेसवुक स्टाटस लेखेका थिए । उनले फेसवुक स्टाटस लेखेपछि उनका बारेमा धेरै समाचार बाहिरिए । वर्षौदेखि उनी माइत नगएको, जन्म दिएका बुवाआमासंग पनि वर्षौदेखि फोनमा पनि कुराकानी नभएको भन्दै समाचार आएको थियो ।

त्यस्तो समाचार आएपछि स्थानिय प्रशासनले पनि चासो राखेपछि बिष्णु आफ्ना श्रीमानका साथमा स्यागंजा स्थित माइत पुगेकी थिइन् । माइत जानु अघि जिल्ला प्रशासन कार्यालय स्यागंजामा हाजिर हुन जाँदा पनि बिष्णुले आफ्नो मुख पुरै छोपेकी थिइन् । उनको एउटा तस्बिर मात्र सार्वजनिक भएको थियो ।

घिमिरेले फेसवुकमा लेखेका थिए चर्चित लोक गायिका विष्णु माझी स्याङ्जा जिल्ला चापाकोट नगरपालिका (साविक रत्नपुर) काली नदीको किनार खोरियाघाटमा जन्मेकी हुन् जुन स्थान वरिपरि गायक कलाकार भगवान भण्डारी , बद्री पंगेनी , एकनारायण भण्डारी ,रूपक डोटेल , रामजी खाँण आदि जन्मिएको भूमि हो रमेरो घरबाट विष्णुको घर उनको घर पुग्न मेरो घरवाट पुग्न लगभग पन्ध्र मिनेटको दुरी पर्छ र विष्णुको बारे पछिल्लो समयमा सञ्चार माध्यममा आवाज उठ्न थालेको छ, म चाहन्छु यथार्थ वाहिर आओस् र विष्णुले बाँकी जिन्दगी भू मिग त रूपमा बिताउन नपरोस् ।

हेर्नुहोस भिडियो

 

Post a Comment

Previous Post Next Post