वन डढेको पो सबैले देख्छन् मन डढेको कसैले देख्दैन रहेछ ,कठै एक्लो बुवा यसरी रुनुहुन्छ (हेर्नुस् भिडियो)

भनबहादुर कुमाल (मुखिया ) ,जो उमेरको हिसाबमा पनि निकै नै बृद्ध भैसके ,उनी ७८ बर्षको उमेरमा लागे।यत्रो उमेर भैरहदा पनि उहाले बृद्ध भत्तासम्म पनि खान पाउनुभएको छैन किनकि नागरिकतामा उहाको उमेर निकै नै घटाएर बनाइएको छ ।

अहिले उहाले कहालिलाग्दो एक्लो जीवन बिताइरहनु भएको छ ।यतिको बृद्ध भइरहदा पनि उहाले एक्लो जिवननै बिताइरहनु भयो अर्थात बिवाह नै गर्नु भएन् ।ज्याला मजदुरि गर्दै बिहान बेलुकाको छाक टार्ने गर्नुभएका यि बृद्ध बुवालाई उमेर ढल्किए सगै कहिलेकाही गाह्राे साह्रो अप्ठ्यारोमा पानी तताएर खान दिने पनि कोहि छैनन् ।

बुवाको उमेरसगै शरिरले पनि हार खादै आएको छ ।उहाले पहिदेको जस्तो काम गर्न पनि सक्नुहुन्न र आउने बाटो पनि केही नहुदा उहालाई हदसम्मको पीडा भएको हामिले सहजै आकलन गर्न सक्छौ ।उहाँलाई समाजले कुकुर अपुतालि साथै तथानामले पुकार्छ तर पनि सहेरै बाच्ने गरेको उहाँ बताउनुहुन्छ । उहाँ भावुक हुँदै बताउनुहुन्छ कि वन डढेको पो सबैले देख्छन् मन डढेको कसैले नदेख्ने रहेछ भन्दै आखाभरि आँसु पार्नुहुन्छ । हिमालिदैनिकबाटहेर्नुस्

भिडियो सामाग्री

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post