आफन्तसँग हाँसेको भन्दै श्रीमानले श्रीमतीको कान काटिदिए

बझाङ। जयपृथ्वी नगरपालिका–१ भण्डारगाउँकी २१ वर्षीया जानकी नेपालीको उनका पति २५ वर्षीय मनोज नेपालीले कान काटिदिएका छन्। कान काटेर घाइते भएकी जानकीको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ।चार दिनअघि मनोजले आफन्तसँग हाँसेको आरोपमा निर्घात कुटपिट गरी आफ्नो बाया कान काटिदिएको जानकीले बताएकी छन्। ‘जे हातमा पर्‍याे त्यही सामानले कुट्यो।

 म ढलेपछि चक्कुले कान काटिदिए। त्यसपछि काटिएको ठाउँमा दाँतले चपायो अनि रगत चुस्यो,’ जानकीले भनिन्, ‘काटिएको कान मेरो हातमा दिँदै भोलि मेडिकल गएर जोडी माग्नु भन्यो र भाग्यो।’

जानकीकको काटिएको कानको शल्यक्रिया भएको छ। तर, कान जोडिने, नजोडिने निश्चित नभएको चिकित्सकहरूले बताएका छन्। मनोजले विवाहको केही महिनादेखि नै आफूलाई यातना दिन सुरु गरेको जानकीको आरोप छ। उनका चार, अढाई र १६ महिनाका तीन सन्तान छन्। जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी रूपक खड्काले ठाडो उजुरीमार्फत घटनाबारे जानकारी आएको र मनोजको खोजी गरिरहेको बताए। थाहाखबरकाे सहयाेगमा

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post