बे’प’त्ता बिनाको घ’ट’नाले लियो यस्तो मो’ड,को हुन् कुसुम नाम गरेकी युवती ? घ’ट’नाको नाली’बेली


गैंडाकोट नगरपालिका–४ की २१ वर्षीया बिना सापकोटा असार १४ गतेदेखि बेपत्ता भएकी हुन् भने आज सम्म १२ दिन भैसक्यो तर उनको अझै पनि केहि खबर छैन। तर घटनामा भने एउटा नया मोड आएको छ।

१६ बर्षको कलिलै उमेरमा प्रवेश कंडेलसंग प्रेममा परेकी बिना त्यतिबेलै प्रवेशसंग भागेकी थिइन् तर नेपाल सरकारको कानुन अनुसार विवाह गर्न उमेर नपुगेकाले बिनाका बुवाले उमेर पुगेपछि बिहे गर्दिन्छु भनेर आपसी समझदारीमा घर फर्काएका थिए।

त्यतिबेला यी कुराहरु गुपचुप मै गरिएको थियो। केहि बर्ष पछि भने प्रवेश बेलायत गए। उनि गत बैशाखमा नेपाल आएका थिए। उनि नेपाल आएपछि बिना र प्रवेशको भेटघाट हुने र घरमा आवत जावत भैरहन्थियो।

प्रवेश नेपाल आए लगत्तै बिरामी भएका थिए भने बिना कै घरमा बसेर निको भएका थिए। परिवारका अनुसार दुइजना एक अर्कालाई धेरै माया गर्थीय। दुई बीचको प्रेममा संखा गर्ने कुनै ठाउ थिएन।

प्रवेशको जुलाई १२ तारिकको दिन बेलायत फर्किने टिकट रहेको छ। यी दुईको प्रेममा दुवै घरका परिवारलाई थाहा थियो। यसै बीच विवाहको कुरा चल्दा बिनाका बुवाले अझै २ बर्ष पर्खिन आग्रह गरेका थिए।

बिनाको परिवारले प्रवेशलाई ज्वाई माने पनि प्रवेशको परिवारमा बिनालाई मन नपराउने कुरा बिनाका बुवा जयश्वोरले बताएका छन्। यस्तै प्रवेश अरुनै केटीसंग लागेको कुरा बिनाले थाहा पाएपछि त्यहि बिषयमा कुरा गर्न बिनाले असार १४ गते दिउसो बोलाएकी रहेछिन।

प्रवेशलाई बिनाले उक्त केटीको बारेमा सोध्दा प्रवेशले ‘यदि तिमीलाई संखा लाग्छ भने आफै भेटेर सोध भनेपछि प्रवेशले बिनालाई स्कुटर पछाडी राखेर आधा घण्टाका लागि भनेर भरतपुरतर्फ लगेका रहेछन।

तर आधा घण्टाको लागि घर बाट निस्किएकी छोरी आज १२ दिन बितिसक्दा पनि घर फर्किनन, सम्पर्कमा आइनन। जिल्ला प्रहरी कार्यालयमा प्रवेशले दिएको बयान अनुसार भरतपुरमा कुसुमको घर पुगेर घर नजिकै ३ जनाले कुरा गरेको र त्यतिकैमा बिना बेहोस भईन र कुसुमको घरमा नै लगेर राखे।

बिनाको परिवारलाई खबर गरेपछि बिनाका बुवा जयश्वोरले उक्त ठाउको लोकेसन दिन भनेको तर प्रवेशले उक्त ठाउँको बारेमा जानकारी नदिएकाले जयश्वोरले आफ्नी छोरीलाई तुरुन्त गाडीमा हालेर घर पठाइदिन प्रवेशसंग आग्रह गरे। बिना भने बोल्न नसक्ने अचेत अवस्थामा थिइन्।

बयानमा भनिए अनुसार त्यो दिन प्रवेशले साथीको स्कुटर लिएर गएका रहेछन। कुसुमको घर बाट बिनालाइ उसको घर लैजान स्कुटर निकाले पनि बिना स्कुटरमा नबसेपछि बिना अघि-अघि र प्रवेश स्कुटरमा पछि पछि गर्दै चौबिस्कोटि सम्म आइपुगेका रहेछन।

चौबिसकोटिमा ए टि एम बाट पैसा निकाल्न प्रवेश ए टि एम बुथमा छिरेको र पैसा उक्त ए टि एम बाट नसिकिएपछि प्रवेश बुथ बाट निस्किदा बिना उक्त ठाउमा नभएको बयानमा उल्लेख छ।

अबेरसम्म पनि बिना घर नआएपछि जयश्वोरले प्रवेशलाई फोन गरे तर प्रवेशले भने आफु चौबिसकोटिमा रहेको तर बिना भने साथमा नरहेको बताएका हुन्। त्यसपछि जयश्वोर अतालिदै चौबिसकोटी पुगेका थिए। त्यतिबेला रातको ८ बजिसकेको थियो।

प्रवेश र जयश्वोरले रातको दुई बजे सम्म बिनालाई भरतपुरको विभिन्न स्थानमा खोजि गरे तर उनि कहिँ कतै भेटाएनन। त्यसपछि भने जयश्वोर प्रवेशलाई लिएर घर फर्किए र प्रहरीलाई मौखिक जानकारी दिए।

बिनाको परिवारले लगातार १७ गते सम्म खोजि गर्दा पनि उनको कतै पत्तो नलागेपछि १८ गते भने बुवा जयश्वोरले प्रहरीमा जाहेरी दिएका हुन्। त्यतिमात्र हैन त्यहि साँझ सामाजिक संजालमा आफ्नी छोरी हराएको भनेर सार्वजनिक गरे।

कुसुम नाम गरेकी युवतीसंग पनि प्रवेश करिब ३ बर्ष देखि प्रेममा रहेको कुरा बुवा जयश्वोरले बताएका छन्। बिनाको फुटेको मोबाइल फोन पनि प्रवेशसंगै थियो। १२ दिन बितिसक्दा पनि केहि कुरा पत्ता नलाग्दा घटना निकै रहस्मय देखिन्छ।

प्रवेशको बयान अनुसार बिना फिल्मी शैलीमा हराएकी हुन्। तर बिनाका बुवाको भने ठुलो षड्यन्त्र भएको बताउदै आएका छन्।धमाधम अनुसन्धान भैरहको यस घटनाको सत्य तथ्य चाडै पर्दाफास हुने अपेक्षा गर्न सक्छौ। बिना बेपत्ता हुनुको कारण कतै कुसुम नै त हैनन् भन्ने प्रस्न पनि उठेको छ। हेर्नुहोस भिडियो

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post