लोकप्रिय गायिका टीका सानुको अनुहारमा एक्कासि के भयो यस्तो ? (भिडियो हेर्नुस् )


पछिल्लो समयकी लोकप्रिय गायिका हुन् टीका सानू। प्रत्यक्ष दोहोरी गाउन अब्बल टिकाका सयौं गीतहरू बजारमा छन् । जसमध्ये अधिकांश गीतहरू दर्शक स्रोताले अत्याधिक रुचाएका छन् । त्यसो त टिकाले पछिल्लो केही वर्षयता नयाँ तीजको गीत पनि बजारमा ल्याउँदै आएकी छिन् । टिकाले यस् वर्ष पनि नयाँ तीज गीतको तयारी गरेकी छिन् । उनले “बुहारी” गीतको चौथो सिक्वेल निर्माण गरेकी छिन् ।

यस वर्षको लागि तीज गीतको अडियो भिडियो निर्माण कार्य अन्तिम चरणमा रहेको भन्दै टिकाले एउटा स्टाटस समेत आफ्नो फेसबुकमा लेखेकी छिन् । उनको स्टाटस हेर्दा एसिड आक्रमणको कथा गीतको भिडियोमा हुन सक्ने अनुमान लगाउन सकिन्छ। किनभने उनले सार्वजनिक गरेको तस्वीरमा टीका ए’सिड आ’क्रमण भएको अवस्थामा देखिएकी छिन् । उनले लेखेको फेसबुक स्टाटस यस्तो छ ;-

तीज गित (2078) बुहारी भाग 4 को को छायांकन सम्पन्न भयको छ।
काम गर्दा धेरै अप्ठ्यारो भयो 2/3 चोटि स्थगित पनि भयो । आखिरी मा (2078-03-26) गते सकियो । काम गर्दै जादा कति समेट्न खोजियका कलाकार हरु छुट्नुभयो नसोचेका कलाकार जोडिनुभयो काम निकै राम्रो मेहेनत गरेका छौ सबै जना ले !
धन्यवाद छ सबैलाइ।

कलाकार हरु= रमा थपलिया, सुरबिर पन्डित , गोमा केसि , दिपाशा बिसि , टीका सानू , बबिन ठकुरी ,प्रशान्त बि क , निशान्त बि क , चित्रा पुन , सम्पृया खड्का,बिक्रम आचार्य , धनमाया नेपाली, दिनेश श्रेष्ठ ,सन्ध्या रेग्मी, बिनिता बहिनी बालकलाकार राम लक्ष्मण लगायात अनिता लामा दिदी को ग्रुप लाई हार्दिक आभार छ।

छायांकन = सागर गौतम निर्देशन = मान्शिङ खड्का श्रीङ्गार = राकेश रणपाल अब को 2/4 दिन मै टीका सानू युटुब च्यानल मार्फत आउदैछ प्रतीक्षा गर्नुहोला धन्यवाद । टिकाले सुटिङ सकिएपछि लालिगुराँस अनलाइन समेत अन्तर्वार्ता दिएकी छिन् । यस्तो छ अन्तरबार्ता हेर्नुहोस :

Post a Comment

Previous Post Next Post