अटोमा छुटेको ३७ हजार नगद र एक तोला सुन यात्रुलाई भेटेरै फिर्ता गरिदिए यी इमान्दार चालकले

एक इमान्दार व्यक्तिले आफ्नो इमान्दारिता देखाएर सम्मान पाएका छन ।दाङमा अटोमा छुटेको झोला प्रहरी कार्यालयमा बुझाउने अटो चालकलाई सम्मान गरिएको हो ।मान्छेहरु लगेको सामान फिर्ता गर्न आनाकानी गर्ने समयमा उनले यस्तो इमानदारिता प्रस्तुत गरेका हुन् ।

अनु्सार रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नम्वर ७ बस्ने ३० बर्षिया मतिकला बुढाको शुक्रवार घोराही १३ बसपार्क देखी तुलसीपुरचोक सम्म जादै गर्दा रा १ ह २१५३ नम्वरको अटोमा छुटेको झोला अटो चालकले प्रहरी कार्यालयमा बु’झाएको भन्दै सम्मान गरिएको जानकारी जिल्ला प्रहरी कार्यालय दाङले दिएको हो ।

उक्त झोला प्रहरी कार्यालयमा बु’झाउने अटो चालक घोराही १३ बस्ने २९ बर्षिय रामप्रसाद झाँ’क्रिमगरलाई सम्मान गरिएको प्रहरीले बताएको छ ।झोला भित्र ३७ हजार नगद सहित एक तोला सुन रहेको थियो ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post