इन्द्रेणीले बनाइदिने भयो बाढी पीडितलाइ हेलम्बुमा घर, यतिधेरै सहयो


मेलम्ची र हेलम्बुमा यसबर्ष बाढी र पहिरोले गर्दा धेरै जनधनको क्षति भयको थियो। दर्जनौ घरहरु बगरमा परीणत भय भने सयौं बिस्ताबित समेत हुनु पर्यो। जसले गर्दा मेलम्ची र हेलम्बु मात्र होइन सारा नेपाली रोयको थियो।

ठाउँ ठाउँ बाट सहयोगको लागि दाताहरु पुगे अनि केही मलम लगाउने कोसिस भयो। हुनत पहिलेको ठाउमा कोही पुग्न नसके पनि राहत स्वरुप एकलाई पर्दा अर्को नेपालीले देखायको माया अनि सहयोगी मनले गर्दा यस्तो भन्न सकिन्छ।

प्रकृति बिपत कसैलाइ कतै आउन नपरोस भन्दा भन्दै देसमा पटक पटक एस्तो हुनु हामी सबैका लागि दुखको कुरो हो।

चर्चित कार्यक्रम इन्द्रेणी पनि यहा मात्र होइन यस्तै बिपतको समयमा देसका धेरै स्थानमा पुग्ने गर्दछ। त्यसै क्रममा इन्द्रेणी एउटा फेरि भगवानको रुप लियर हेलम्बु पुगेको छ। देस तथा बिदेसमा रहनुभयका नेपालीहरू बाट आर्थिक सहयोग जुटाइ हेलम्बु गा.पा. वडा न. १ र ६ (तल्लो तिम्बु, हल्दे र चालिसे) मा पुर्ण रुपमा क्षति भएका १७ घर गा.पा. को डिजाइन र सोही लागत अनुसार इन्द्रेणीले बनाउने भयको छ।

त्यस्तै गरेर इन्द्रेणीले विभिन्न व्यक्तिलाई तोकेर पठाइएको रकम र अन्य पीडितलाई गरेर जम्मा रकम रु,६२००००० लाख भन्दा बढी रकम गा.पा. अध्यक्ष निमा ग्याल्जेन शेर्पा, सम्बन्धित वडा अध्यक्ष र पीडितको उपस्थितिमा हस्तान्तरण समेत गरेको छ ।

त्यस्तै गरेर इन्द्रेणीले देश तथा विदेशबाट आफ्नो गास कटाएर गर्नुभएको सहयोग प्रती आभार प्रकट गर्दै यस्तो बिपतको समयमा हेलम्बुमा मलम पट्टि बनेको हो ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post