३८ दिनकी छोरी छोडेर मेरि बास्सैमा हिँड्दा बच्चालाई खु वाइने दूध बाहिर फा ,ल्नुपर्ने हुन्थ्यो-चम्सुरी (भि डियो सहित)

पल्पसा डङ्गोल ‘चम्सुरी’ जो यतिबेला टिचिङ अस्पताल को बेडमा छ’ट’प’टाइरहेकी छिन्।आजभन्दा २५ वर्ष अगाडि कला क्षेत्रमा आउनुभएको पल्पसा डङ्गोल आज जीवनकै अन्तिम मोडबाट आम जनताबाट सहयोगको अपिल गरिरहेकी छिन्।हास्य टेलीफिल्म मेरी बास्सैबाट चर्चामा आएकी चम्सुरीको जीवन कहानी सुन्दै जिउ सिरिङ्ग हुन्छ।मेरी बास्सैमा कुञ्जना घिमिरेको आमाको भुमिका निर्वाह गरेकी चम्सुरीको दुई छोरीहरू छन्।

घरबाट मेरि बास्सैको शुटिङका क्रममा बाहिर निस्कनुपर्थ्यो।जतिबेला उनी ३८ दिनको सुत्केरी थिइन् र छोरी छोडेर बाहिर हिँड्नुपर्थ्यो त्यतिबेला उनले आफ्नो बच्चाले खाने दूध समेत बाहिर फाल्नुपरेको स्मरण गर्दछिन्।श्रीमान र श्रीमतीको सम्बन्ध राम्रो थिएन।

विभिन्न कारणले श्रीमान र श्रीमतीको सम्बन्ध बि’ग्री’एपछी चम्सुरी दुई छोरीहरूको साथमा जीवन बिताउँछु भन्दै छोरीहरूकै सहारामा बस्न थालिन्। घरमा कमाएर खुवाउने कोहि थिएनन्। रातदिन संघर्ष गर्दै आएकी उनीले आफ्नी दुई छोरीहरू हुर्काउने,पढाउने र बढाउने गर्दै आइरहेकी थिइन् र यसैगरी चम्सुरीको जीवन अगाडि बढिरहेको थियो।

यसैबीच मेरी बास्सैबाट चम्सुरी चर्चामा आएपछि जीवन चलाउन केही सहज अवस्था बन्यो।दुनियाँलाई हँसाउने चम्सुरी आज जीवनकै अन्तिम घडीमा छिन्।पाँच वर्षदेखि मृ’गौ’लाको स’मस्या भोगिरहेकी चम्सुरीलाई दुई महिनादेखि अत्यन्तै गाह्रो भएको छ।चम्सुरीका दुईवटै मृगौला ड्या’मेज भएका छन्।चम्सुरी पहिले जस्तो हँसिलो र फूर्तिलो पनि छैनन् अहिले।अस्पतालको बेडमा अचेत अवस्थामा सुतिरहेकि चम्सुरीका आँखाहरू आँ’शुले टिलपिल टिलपिल भएका छन्

चम्सुरीले बोलेका हरेक शब्दहरूले उनलाई भेट्न आउने कोहि पनि नरोइ बस्नै सक्दैनन्।उनी भन्छिन्, “अब म बाँ’च्दिन,मेरी छोरीहरूको के हालत होला,मलाई त अब बाँ’च्ने आ’श नै हराइसक्यो। छोरीहरूका लागि संघर्ष गर्दागर्दै मेरो दुइटै कि’ड्नी ख’राब भएको मैले पत्तै पाइन।पाँच वर्षदेखि उपचार त गराइराखेको थिएँ तर अब उपचार गर्न सारै गाह्रो हुँदै छ।मलाई बचाउने को होला र यो दुनियाँमा ?

कसैले मृगौला दिए पनि बाँ’च्न पाउने थिएँ।अकालमै मेरो ज्या’न जाँदैन थियो होला।मलाई मेरो भन्दा पनि मेरो छोरीहरूको धेरै चिन्ता छ भाइ,म मेरी छोरीहरूको लागि भएपनी बाँच्न चाहन्छु,कोही किड्नी दिने पाइन्छ कि खोजिदेऊ न भाइ,म अहिले नै यो संसार छो’डेर जान चाहन्न भन्दै उनी मु’र्छा परीन्।उनी बोल्नै सकिनन्।सबैलाई आफ्नो शरीर त उत्तिकै महत्वपूर्ण हुन्छ जति उनीलाई छ।कृपया हामी सबैलाई हात जोडेर बिन्ती गर्दछौं जसरी निबर्तमान प्रधानमन्त्री केपी शर्मा वलीलाई बचा’उन किड्नी सहयोग गर्नुभएको थियो,त्यसैगरी नि देशको गहनालाई ब’चाउन हामी सबैको खाँचो छ।

कृपया सहयोग गरिदिमुहोस्।भिडियो

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post