रत्यौलीमा रमाइरहेकी एउटी ‘आमा’, जो अचानक ‘गायिका’ बनिन् हेर्नुहोस् भिडियो


विख्यात फिल्ममेकर सत्यजित रेको एउटा कथा छ, ‘पटोल बाबु फिल्मी स्टार ।’ यसमा एक पात्र छन्, पटोल बाबु । उनको उमेर ५० वर्षको हाराहारीमा छ । जीवनको उत्तरार्द्धमा उनीसँग केही गरौंला भन्ने रहर, आकंक्षा छैन ।

सानो छँदा नाटक, रंगमञ्चमा काम गर्ने खुब रहर थियो । उनले जात्राहरुमा त भाग लिएका थिए । तर, सोचेजस्तो कहाँ हुन्छ र जीवन ? अनेक हण्डर खाँदै उनी गुजाराकै लागि संघर्ष गरिरहे । वैंशालु रहरहरु यत्तिकै थन्को लगाएर
तर, एकदिन नसोचेको भयो । उनलाई एउटा फिल्मका लागि अफर आयो । त्यो उमेर-चरणमा अनायासै आएको यो प्रस्तावले उनको मनमा कस्तो हलचल पैदा गर्‍यो होला ? कथाले विस्तारमा भन्छ ।

पटोल बाबु र चन्द्रा सुवेदीको उमेर मिल्छ, दुवै ५० हाराहारीका । रहर मिल्छ र कथा पनि करिब-करिब ।

चन्द्रा सुवेदी सुर्खेत बानियाँटारकी । उमेरमा उनी रौसे थिइन् । गाउँघरका बिहे-बटुलोमा गीत गाउँथिन् । मनको कतै कुनामा सुषुप्त रहर थियो, गायिका बन्ने । तर, जीवन त्यतिकै घर्केर गयो । मेलापात, घाँस दाउरामै दिनहरु बिते । उमेर पुग्यो, बिहे गरिन् । घरजाम भयो, चार छोराछोरी भए । वैंश बुढ्यौलीतर्फ ढल्कियो ।

तर, एकदिन अचम्मै भयो । उनलाई काठमाडौंबाट फोन आयो । त्यो फोन एक गायक/संगीतकारको थियो । उनी भन्दै थिए, ‘तपाईं काठमाडौं आउन सक्नुहुन्छ ? गीत रेकर्ड गराउनुहुन्छ ? म्युजिक भिडियोमा खेल्नुहुन्छ ?’

फोनकर्ता रहेछन्, वसन्त थापा

सालको पात टपरी’, ‘चौतारीको बर’, ‘जाम सुस्तै’ ‘बोकेझार’ जस्ता मोहनी-गीतका संगीतकार । गायक र मोडल पनि ।

घर-गृहस्थीमा व्यस्त चन्द्रा सुवेदीलाई के भनौं, के नभनौं भयो । एकछिन त वाक्य फुटेन । जीवनमा कहिल्यै नसोचेका कुराहरु अप्रत्यासित आइपर्दा कस्तो हुन्छ ? उनी भावशून्य भइन् ।

‘सुरुमा त पत्यानै गाह्रो भयो’ चन्द्रा सुवेदी सुनाउँछिन्, ‘गाउने रहर त सानैदेखि थियो तर यो उमेरमा आएर कसैले गीत गाउने मौका दिन्छ भन्ने लागेकै थिएन ।’ काठमाडौंबाट संगीतकारको फोन आएको कुरा उनले हौसिँदै घर-परिवारलाई सुनाइन् । सबैजना दंग परे ।

अनि जुटे, यात्राका लागि बन्दोबस्ती मिलाउन । तीन दिनपछि चन्द्रा सुवेदी घरबाट हिँडिन्, बहिनी र छोरीलाई साथ लगाएर । सुर्खेतबाट काठमाडौं जाने बसमा चढिन्

सुरुमा स्टुडियो भित्र लगेपछि चन्द्रा सुवेदी आत्तिइन् । ‘अलि डर लाग्यो बाबु’ चन्द्रा सुवेदी सुनाउँछन्, ‘कहिल्यै त्यस्तो देखिएको थिइनँ ।’

एकैपटक स्टुडियोमा लगेर गाउन लगाउँदा गाह्रो हुन्छ भनेर वसन्त थापाले गाडीमा पनि गीत गाउन लगाए । ‘सुरुमा उनलाई स्केल थोरै हाइ भयो, टाइमिङ समेत समात्न गाह्रो भयो’ वसन्त भन्छन्, ‘ गाउँमा स्वतन्त्र गाउन र स्टुडियोमा एउटा फ्रेमभित्र गाउन धेरै अन्तर हुन्छ ।’ तीन चार दिनसम्म आफैँसँग राखेर वसन्त थापाले गायनको अभ्यास गराए । यसको लय संकलन र शब्द रचना उनै चन्द्रा सुवेदीको थियो ।

गीत रेकर्ड भयो । सुरुमा ज्योति मगरले गीत उठाएकी छिन् र त्यसपछि चन्द्रा सुवेदीले गाएकी छिन् । अडियो तयार भयो ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post