आखिर किन महिलालाई मला’मी लगिँदैन ? यस्तो छ कारण

हिन्दु धर्मको परम्परा अनुसार, मृत शरीरलाई जलाउने बेला महिलाहरूलाई मलामी लानुहुँदैन भन्ने विश्वास गरिन्छ। तर, किन थाहा छ ? आजको यस धर्मको अङ्कमा हामी तपाईँहरूलाई प्राचीनकालमा महिलाहरूलाई किन मला’मी लान्थेनन् भनेर केहि कारणहरूको जानकारी दिन गैरहेका छौँ ।

महिलाहरूले विशेष गरी घर-घरायसी काम गर्ने र पुरुष’हरूले घरबाहिरको काम सम्हाल्ने अधि’कांस घर परिवारमा चल्दै आएको प्रथा हो। यो प्राचिन समयमा देखि नै यसैगरि चल्दै आएको छ। समय बित्दै जाँदा यो नै परम्परा अनि संस्कृति बन्यो।

घरायसी काम महिलाले र परिश्रम पनि बढी पर्ने अनि घर बाहिरका काम पुरुषले गर्ने चलन बन्यो। यसरी नै मलामी जाने पनि पुरुष मात्रको कामको रुपमा चिनिदैँ, गरिदै आयो।

महिला मला’ली जानु हुन्न वा पुरुष मात्र म’लामी जानु पर्ने कहिकतै शास्त्रमा स्पष्ट उल्लेख भेटिँदैन। बिना कारण केवल प्रथा चल्दै आएकाले नै महिला मला’मी जान हुन्न भन्ने विश्वास गरिन्छ। प्राचीन कालमा भने महिलालाई मलामी नलानुका कारणहरू यस्ता थिएः

आगो’को धूप : प्राचीन दिनहरूमा, पुरुषहरूले ला सलाई घाट’मा लगेर ज’लाउँदै गर्दा महिलाले घरको कामधन्ना भ्याउनुपर्ने हुन्थ्यो। साथै, घा’टमा गएर फर्केका मलामी’हरू घर फर्किएपछि आ’गोको धूपले चोख्ख्याउनुपर्ने हुन्थ्यो र त्यसैलाई तयार पार्नको लागि महिलाहरू घरमै बस्ने गर्दथे।

डर’लाग्दो दृश्य : ला’स ज’लाउने काम कमजोर मुटु भएकाले गर्ने काम होइन। अघि भर्खरसम्म जिउँदै देखेको मानिस’लाई अहिले ज’लाएको हेर्नुपर्दा जस्तो सुकै क’ठोर मन पनि भ’क्कानिन्छ। यस्तो भ’यानक दृश्य महिलाहरूले हेर्न सक्दैनन् भनेर पनि पहिले’पहिले महिलालाई मला’मी पठाउँथेनन्।

ला’स ज’ल्ने समय : हिन्दु धर्मअनुसार, कुनै पनि मानिसको अन्तिम संस्कार गर्दा शरीरलाई पुरैरूपमा ज’लाउनुपर्दछ। कसैको शरीर त केहि घण्टामै ज’ल्दछ भने कसैको निकै समय पनि लाग्न सक्छ। य’स्तो अवस्थामा घरमा बालबच्चा अनि गाई’वस्तुको हेरचाह गर्नुपर्ने हुनाले पनि त्यतिबेला महिलाहरूलाई घरमै राख्ने गर्दथे।

भूत’को डर : म’सानघाटमा तड्पिए’र बसेका आत्माहरूको (भू’त) उपस्थिती हुन्छ भनेर विश्वास गरिन्थ्यो, गरिन्छ। यस्ता भूत’ले कमजोर हृदय भएका महिलाहरूलाई आ’क्रमण गरेर शरीरलाई अधीनमा लिन्छन् भन्ने पनि विश्वास गर्दै आइएको छ। विशेष गरी कुमारी केटिहरूलाई यस्ता भू’तले बढि रुचाउने पनि विश्वा’स गरिन्छ। त्यसैले पनि म’सानघाटमा महिलाहरूलाई जान प्रतिबन्ध लगाइएको थियो।

संस्कार : आँशु’ले आ’त्माको बाटो छेक्छ। हिन्दु धर्मको संस्कार अनुसार यस्तो पनि विश्वास गरिन्छ। म’रेको मान्छेको अन्ति’म संस्कार गरिसकेपछि मात्रै आत्माले बिदा पाउँदछ र यदि त्यहाँ एकथोपा पनि आँशु खस्यो भने त्यो आत्मा सँधै त्यहिँ अड्केर बस्दछ। महिलाहरूले सजिलै आफ्नो आँशु रोक्न सक्दैनन् भन्दै मसानघा’टमा प्रवेश नि’षेध गरिएको थियो।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post