न्यूज २४ को ‘ई टक’ कार्यक्रममा बोल्दै आफू धेरै कोएक्टरसँग सँगत गर्नु परिरहेको अवस्थामा बाहिर आउने प्रेमका चर्चाहरुलाई नकार्न नसक्ने उनले बताएकी हुन्।
उनले हालको अवस्थामा सिंगल रहेको पनि खुलाएकी छन् । विवाहको समय पुगेको भएपनि विवाह नगरि बच्चा पाउने इच्छा रहेको उनले बताइन् । त्याे पूरा गर्ने समेत उनले बताइन् ।
‘कहिले काँही आफूसँगै अभिनय गरिएको ‘को एक्ट’सँग बसिन्छ । चिया कफी खाइन्छ बोलिन्छ । साथी सर्कल भनेको त्यही हो,’ उनले भनिन् ‘ त्यसरी देख्दा देख्दै अफियर छ भनेर न्यूज आउछ भने म इजी वेमा लिन्छु । कता लुकाउनु सबै।’
‘साच्ची भन्दा खेरी बिहे चाही होइन, बच्चा चाही पाउन मन छ मलाई’, बिहे नगरी बच्चा पाउने पक्षमा हो तपाई ? भन्ने दोहोरो प्रश्नमा उनले भनिन् ‘समयले के मोड लिन्छ मलाई थाहा छैन । तर म बच्चा चाही पाउँछु । बिवाह गरेर हुन्छ वा नगरी हुन्छ । जे पनि हुनसक्छ । आगामी दिनमा । किन भने हामीले नै विस्तारै समाज परिवर्तन गर्नु पर्छ।’
विस्तारै नेपाली समाज परिवर्तन हुँदै आएको बताउदै उनले सिंगल आमा बन्न पाउने अधिकारले वैधानिकता पाउदै गएको उनले बताइन् ।
उनले सोही अनुसार नै सिंगल मोदर बन्न चाहेको बताइन् । ‘विहे अहिले चाहदिन तर बच्चा चाहन्छु । त्यसको लागि ३\४ वर्ष भित्रमा मेरो विवाह भएन भने पनि म बच्चा चाही पाउछु होला,’ उनले भनिन् ‘विहे नै नगरी पनि त बच्चा पाउन सकिन्छ होलानी अहिले धेरै माध्यमहरु छन् । भविश्यमा यो हुनसक्छ।’
विवाहको विरोधि आफू नभएको भन्दै इच्छाको आदर गर्ने पक्षमा रहेको उनको भनाइ छ ।
‘इच्छा लाग्यो विवाह गर्ने लागेन नगर्ने फोर्स फुल्ली नगरौँ भन्ने हो । यस्तै इच्छाको रेस्पेक्ट गर्न चाहन्छु म’ – उनले भनिन् ।
आफ्नो इच्छा चाहनाको बारेमा बुबा-आमा पूर्ण कन्भिन्स भएको उनले बताइन् । घरमा पनि यो विषयलाई लिएर बुबा आमालाई बच्चा ‘एडप्ट’ गर्ने बारेमा बताउदा सकारात्मक प्रतिकृया आएको उनले सुनाइन् । यद्यपि बुबाले भने विवाह पछि ‘एड्प्ड’ गर्न सुझाएको उनको भनाइ छ ।
सिंगल आमाले नागरिकता दिन पाउने कानूनले पनि आफ्नो इच्छालाई अझ प्रोत्साहन दिएको उनको भनाइ छ । ‘जुन कानूनी नै भइसकेको भए किन नगर्ने ? भन्ने मनमा आइरहेको छ’- उनले भनिन् ।
पुरुष प्रतिको नकारात्मक धारणाका कारण नभइ पोजेटिभ व्यक्ति नपाएकोेले यो अवधारणा आएको उनको भनाइ छ । आफूलाई धेरै मायाँ गर्नै पुरुषहरु हुँदा हुँदै पनि विवाह भन्दा आफू व्यक्तिगत इच्छाका कारण यो खालका कुराहरुमा जोड दिएको उनको भनाइ छ ।
