श्रीलंकामा भारी वर्षा तीन जनाको मृत्यु, सात जना वेपत्ता

श्रीलंकामा गए रातिदेखि आएको भारी वर्षा र हावाहुरीका कारण शनिबार बिहान सम्ममा कम्तीमा पनि चार जनाको ज्यान गएको छ।

साथै सो हुरीमा परी सात जना नागरिक हराइरहेका छन्। अहिले पनि वर्षा जारी छ भने हावाहुरी पनि चलिरहेको छ ।

श्रीलंकालको मौसम विभागले नागरिकहरुलाई सुरक्षित रहन सूचना जारी गरेको छ। वर्षा र हुरी अरु केही समय कायमै रहने हुनाले घरमै सुरक्षित भएर बस्न सो सूचनामा भनिएको छ।

शनिबार यहाँको विपद् व्यवस्थापन केन्द्रले दिएको जानकारीअनुसार यहाँका कम्तीमा पाँच हजार जनालाई अन्यत्रै सुरक्षित स्थलमा लगिएको छ भने यहाँको सेनाले उद्धारको कामलाई निरन्तरता दिइरहेको छ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post