शारीरिक सम्बन्ध राख्दा कोरोना सर्छ कि सर्दैन ? यस्तो छ डाक्टरको प्रतिक्रिया


कोरोना भाइसरबाट जोगिन व्यक्तिगत दुरीलाई महत्वपूर्ण उपायका रुपमा लिइँदै आएको छ ।

यसका लागि धेरै देशहरूले लकडाउन र आइसोलेसनको तरिका अपनाउँदै आएका छन् । तर, संयुक्त राष्ट्र जनसंख्या कोषले विभिन्न अध्ययनहरूलाई आधार मानेर यो बताएको छ कि महिनौं लामो लकडाउनका कारण अनावश्यक गर्भधारण, बाल विवाह र महिला हिं’साका घट’नाहरू बढ्न सक्छन् ।

युएनएफपीएको एक रिपोर्टअनुसार कम र मध्यम आय भएका देशका मानिसहरूलाई लकडाउनमा आधुनिक गर्भनिरोधक साधनहरूको पहुँचमा स’मस्या हुन सक्छ र यसले गर्दा अनावश्यक गर्भधारण हुन सक्छ ।

महिनौ‌को लकडाउनले महिलामा स्वास्थ्य स’मस्या आउने र बालविवाह अन्त्य गर्ने कार्यक्रममा ढिलाइ हुने र त्यसको परिणामस्वरूप अर्को दशकसम्म बालविवाहका घ’टनाहरू बढ्न सक्ने दाबी गरिएको छ ।

यसैबीच चीनमा गरिएको एक अध्ययनले यौन’सम्पर्कबाट कोरोना भाइरस कोभिड–१९० नसर्ने देखाएको छ । चीनको वुहानमा ३४ जना कोभिड(१९ बाट निको भइसकेका पुरुषमा गरिएको अध्ययनमा उनीहरूको वी’र्यमा कोरोना भाइरसका जी’वाणु पाइएको थिएन ।

यो गुण यसअघि इबोला तथा जिका भाइरसको भन्दा फरक हो । इबोला भाइरस मानिसको वी’र्यमा साढे दुई वर्षसम्म बाँच्न सक्ने पाइएको थियो । त्यस्तै, जिका भाइरस संक्रमणको केही महिनासम्म पनि मानिसको वी’र्यमा रहन सक्ने पाइएको थियो ।

यो अध्ययन ३१ देखि ४९ वर्षको उमेर समूहका कोभिड( मानिसमा गरिएको थियो । उनीहरूमा संक्रमण पुष्टि भएको करिब एक महिनापछि यो अध्ययन गरिएको थियो । तर, यो क्रममा उनीहरूको वीर्यमा भाइरसको जीवाणु नपाइएको हो ।

यो अध्ययन निकै सीमित रहेको र यसले पसिना तथा मानिसको र्यालबाट भाइरस सक्ने सम्भावनाको विषयमा भने केही उल्लेख गरेको छैन । साथै, यो अध्ययन कोरोना भाइरस मिल्ड लक्षण देखिएका कोरोना भाइरसका बिरामीमा गरिएको हो ।

त्यसैले भाइरसको ग’म्भीर लक्षण देखिएका मानिसमा यसको असर पर्छ भन्ने विषयमा कस्तो असर पर्छ भन्ने थाहा पाउन नसकिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

मानिसको वी’र्यमा कोरोना भाइरस भेटिएन भन्दैमा यौ’न सम्पर्कबाट कोरोना नसर्ने चाहिँ होइन । दुईजनाबीच हुने चुम्बन वा आपसी संसर्गका माध्यमबाट भाइस सर्न सक्ने भएकाले आफ्नो जोडीमा संक्रमण छ भने त्यस्तो बेलामा यौ’न सम्पर्क गर्न नहुने र दुरी कायम गरेर टाढै बस्नुपर्ने चिकित्सकहरूले सुझाएका छन् ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post