आज काठमाडौँसहित कहाँ–कहाँ बाढीको खतरा हेर्नुहोस्

जल तथा मौसम विज्ञान विभाग अन्तर्गत बाढी पूर्वानुमान महाशाखाले आज काठमाडौँ लगायत देशका विभिन्न स्थानमा बाढीको खतरा रहेको जनाएको छ ।

महाशाखाले गरेको आज बिहानको पूर्वानुमान अनुसार कोशी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव स्थिर अवस्थामा रहेको र सतर्कता तह भन्दा तल नै रहेको छ ।

महाशाखाले आज दिउँसो नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव सामान्य घटबढ हुने, कोशी र यसका ससाना सहायक नदीमा बहाव बढ्ने जानकारी गराएको छ । केही साना नदीमा अकस्मात् बहाव बढ्न सक्ने र सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमानमा उल्लेख छ 

आज प्रदेश १ को इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, ओखलढुंगा, धनकुटा, ताप्लेजुङ, संखुवासभा 

प्रदेश २ को बारा, धनुषा, सिराहा, सप्तरी 

बागमती प्रदेशको रसुवा, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, नुवाकोट, धादिङ, चितवन, मकवानपुर, काठमाडौँ, सिन्धुली 

गण्डकी प्रदेशको गोरखा, लमजुङ, तनहुँ, म्याग्दी, बागलुङ, परासी 

लुम्बिनी प्रदेशको नवलपुर, गुल्मी, पाल्पा, दाङ 

कर्णाली प्रदेशको जाजरकोट, दैलेख, कालिकोट, सल्यान, सुर्खेत, डोल्पा र आसपास जिल्ला भई बहने ससाना नदी जलाधारमा बहाव बढ्ने र आकस्मिक बाढी आउन सक्ने भएकाले महाशाखाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।


Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post