राती सुत्नुभन्दा अघि गर्नुहोस् यी काम, चम्किनेछ तपाईको भाग्य

काठमाडौं । मानिसको सोंचले नै उसको जीवनको गुण बताउँछ । मानिसले आफ्नो दिमागमा जस्तो सोंच जन्माउँछ, उसको जीवनमा त्यस्तै प्रभावहरु पर्दै जान्छन् । त्यसैले त, सकारात्मक सोंच राख्ने र नकारत्मक सोंच राख्ने व्यक्तिको जीवन बीच निकै अन्तर देख्न सकिन्छ।

सकारात्मक सोंच राख्ने व्यक्तिले आफ्नो जीवनमा मात्र होइन, समाजमा समेत नयाँ ऊर्जा दिइरहेको हुन्छ भने नकारात्मक सोंच राख्ने व्यक्तिले समाजमा समेत नकारत्मक सोंचको झार फैलाइरहेको हुन्छ, जसले अनेकौं जीवनलाई असर गरिरहेको हुन्छ।

सकारात्मक सोंचको कुरा गर्दा, विशेष गरि, बिहान र दिउँसो सकारात्मक सोंच राख्न सक्यो भने जीवन ऊर्जाशील बन्छ भन्ने आम धारणा छ। तर, वैज्ञानिक हिसाबले रातीमा अत्यन्तै सकारात्मक सोंच राख्नु जरुरी हुन्छ । किनकी अरु समयमा भन्दा रातीमा अवचेतन मन बढी सक्रिय भएको हुन्छ। त्यो समयमा सकारत्मक सोंच राख्नाले दिमागमा सकात्मक ऊर्जा तरंगीत हुन्छ।

धेरै जनाको बानी रातीको समयमा, हरर चलचित्र हेर्ने, दिनभरि घटेका नराम्रा घटना सम्झने, जीवनबारे चिन्तित हुने, विगत सम्झेर रुने बानी हुन्छ । यदि तपाईंमा पनि यस्तो बानी छ भने, आजदेखि नै त्यस्तो बानी छोड्नुपर्छ ।

रातीको समयमा, सुत्नु भन्दा अगाडी, दिनभरका राम्रा घटनाहरु सम्झिनुहोस्, आनन्द दिने कुनै सुमधुर संगीत सुन्नुहोस्, आशावादी बनेर भविष्यको योजनाहरु पल्टाउनुहोस् । तपाईंको अनुहारमा मुस्कानको भाव आउने कुरा सम्झिनुहोस्।

रातीको सुत्नुभन्दा अगाडीको काम सकेपछि ढाड सिधा पारेर सुत्नुहोस् र आँखा चिम्लेर लामो सास फेर्नुहोस् । यसरि केही छिन मेडिटेसन गरेर आफ्नो दुनियाँमा हराउनुहोस् , दिमागलाई शान्त राख्नुहोस्।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post